सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • चौधजना ग्यास विक्रेता पक्राउ

चौधजना ग्यास विक्रेता पक्राउ

4610
Shares
चौधजना ग्यास विक्रेता पक्राउ

ग्यास उद्योगको गाडी रोक्न खोज्ने १४ जना ग्यास बिक्रेतालाई बुटवलबाट आज साँझ प्रहरीले नियन्त्रणमा लिएको छ ।
लामो समयदेखि ग्यास बिक्रेताले कमिसन वृद्धिको माग गर्दै आएका बेला ग्यास उद्योग सिलिन्डर बिक्री गर्न हिडेको बुटवल ग्यास उद्योगको गाडीलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द्र मरासेनीले ग्यास विकेता सङ्घका केन्द्रीय सदस्य कमल पौड्याल, जिल्ला सदस्य टङ्क पाण्डेलगायतका १४ जनालाई नियन्त्रणमा लिएको बताउनुभयो ।

रुपन्देहीका ग्यास उद्योगबाट ग्यास लैजाने लुम्बिनी अञ्चलका ६ जिल्लासँगै स्याङ्जा, प्युठान, रोल्पा र दाङका ग्यास बिक्रेताहरुले उद्योगबाट ग्यास नउठाएका हुन् ।  ५० रुपैयाँको सट्टा ३२ रुपैयाँ कमिसन बनाएको विरोधमा उनीहरुले निरन्तर उद्योगमा धर्ना समेत दिएका थिए । कमीसन बढाउन नसके उद्योगले सिलिण्डर खरिदका लागि डिपोजिट राखेको आफ्नो रकम फिर्ता गर्न माग गर्दै विभिन्न निकायमा समेत पुगेका थिए ।
उद्योगले डिपोजिट रकम फिर्ता नगरी आफूखुसी बजारमा सिलिण्डर बेच्न लागेपछि त्यसलाई रोक लगाएको ग्यास विक्रेता संघले जनाएको छ । पश्चिमका आन्दोलनका कारण अहिले अधिकांश जिल्लाहरुमा ग्यास अभाव देखिएको छ । रुपन्देहीमा सिद्धार्थ, त्रिशुल, बुटवल, स्वस्तिक, आरती नामका पााचवटा ग्यास उद्योग छन् । जसका लुम्बिनी अञ्चलमा मात्र ११ सय ९३ वटा ग्यास डिलर रहेका छन् । आन्दोलनरत विक्रेता र उद्योगीबीच रुपन्देही प्रशासनले पटकपटक वार्ता गरेपनि निष्कर्ष निस्केको छैन ।

कमिसन घटाएको भन्दै पुस २० गतेदेखि ग्यास बिक्रेताले ग्यास बेचेका छैनन् । उनीहरुले आन्दोलनका बेलामा ग्यास अन्यत्र पठाउन लागेको भन्दै गाडी नियन्त्रणमा लिन खोजेको प्रहरीले जनाएको छ ।

4610
Shares

ट्रेन्डिङ