नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ३४ पुग्यो, २३२ संक्रमित थपिए
काठमाडौं, असार २०: नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृ’त्यु हुनेको संख्या ३४ पुगेको छ । पछिल्लोपटक गोरखाको पालुङटार नगरपालिकाका ४४ वर्षीय पुरुष र रुपन्देहीको देवदह नगरपालिकाका ७५ वर्षीय वृद्धको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मृ’तक दुवैजनाको श’व नेपाली सेनाले व्यवस्थापन गरिसकेको जानकारी दिनुभयो । […]