सबैको समाचार
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • यस्तो बन्यो एमाले काभ्रे हाक्ने नयाँ टिम

यस्तो बन्यो एमाले काभ्रे हाक्ने नयाँ टिम

8070
Shares
यस्तो बन्यो एमाले काभ्रे हाक्ने नयाँ टिम

 

एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । पदाधिकारीको दुई सहित २६ पद निर्विरोध निर्वाचित र बाँकी ७९ पदमा मतदान मार्फत जिल्ला कमिटीले पूर्णता पाएको हो ।

अध्यक्षमा अशोक कुमार ब्याञ्जु श्रेष्ठ र उपसचिबमा रिता ढकाल बन्द सत्रको पहिलो दिनमै निर्बिरोध निर्वाचन हुनुभएको थियो । त्यस्तै एकता प्रक्रियामा आएका अन्य २४ जना जिल्ला कमिटी सदस्यमा निर्बिरोध निर्वाचित भएका थिए ।

सोमबार भएको निर्वाचनको अन्तिम मत परिणाम अनुसार उपाध्यक्षमा चन्द्र लामा ६३९ मत सहित विजयी हुनुभएको छ । उपाध्यक्षका उम्मेदार कन्ञ्च अधिकारीले ३९३ मत र हरिशरण दाहालले ३३१ मत प्राप्त गर्नु भएको थियो ।

सचिबमा राजन भुर्तेल ७३७ मत सहित विजयी हुनुभएको छ । इन्द्र बहादुर तामाङ ६२६ मतमै चित्ता बुझाउनु पर्यो ।

उपसचिबमा कुमार तिमल्सिना र राजकुमार सापकोटाले बराबरी मत पाउनुभएको छ । दुबै जनाले ३७५/३७५ मत ल्याउनु भएको हो । बराबर मत ल्याएपछि निर्वाचन समितिले सापकोटालाई विजयी घोषणा गरेको छ ।

उपसचिबको अन्य उम्मेदवार महेश्वर जंगम ७२ मत, बिदुर हुमागाई २०४ मत र दिलिप लामाले ३३७ प्राप्त गर्नुभएको छ ।

अधिवेशन १४ सय ३५ जना प्रतिनिधि थिए । त्यसमा १३ सय ६३ मत खसेको थियो । अधिवशनले १०५ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको हो ।

 

8070
Shares

ट्रेन्डिङ