सबैको समाचार
सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • पत्रकार महासंघको निष्कर्ष– एलबी विश्वकर्माको मुत्युको मुख्य कारण अस्पताल

पत्रकार महासंघको निष्कर्ष– एलबी विश्वकर्माको मुत्युको मुख्य कारण अस्पताल

4395
Shares
पत्रकार महासंघको निष्कर्ष– एलबी विश्वकर्माको मुत्युको मुख्य कारण अस्पताल

 

काठमाडौं, १४ माघ :नेपाल पत्रकार महासंघले टीभी टुडेमा कार्यरत पत्रकार एलबी विश्वकर्माको नि ध न हुनुमा सिभिल अस्पतालको लापरबाही मुख्य कारण रहेको निष्कर्ष निकालेको छ ।

महासङ्घले घ ट नाको अध्ययन गर्न महासङ्घको केन्द्रीय सदस्य रामकृष्ण अधिकारीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो । उक्त समितिको अध्ययन निष्कर्षले अस्पतालको लापरबाही नै मृ त्युको पहिलो कारण रहको जानकारी गराएको छ ।

सरकारको स्वामित्वमा सञ्चालित उक्त अस्पताल प्रशासन सेवाग्राहीमैत्री नहुुनुको परिणामले पत्रकार विश्वकर्माको नि ध न भएको अध्ययन समितिद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

महासंघले अग्रपङ्क्तिमा रहेर खटिरहेका पत्रकारको स्वास्थ्य उपचारका लागि विशेष व्यवस्था गर्न सरकारसँग माग पनि गरेको छ ।

महासंघले यस प्रकरणको निस्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनु अस्पतालको जिम्मेवारी र कर्तव्य हुने बताएको छ ।

टीभी टुडेसहित सञ्चार प्रतिष्ठानलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आफ्ना कर्मचारी पत्रकारलाई समाहित गर्न, न्यूनतम पारिश्रमिक लागु गर्न, समयानुकूल पारिश्रमिक पुनरावलोकन गर्न र श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेअनुसार सेवा सुविधाको ग्यारेन्टी गर्न, कार्यस्थललाई स्वास्थ्यमैत्री बनाउन महासंघले माग गरेको छ ।

स्वर्गीय पत्रकार विश्वकर्माको परिवारलाई तत्काल राहतस्वरूप रु ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ ।

 

 

4395
Shares

ट्रेन्डिङ