सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • आज देशभर कहाँको मौसम कस्तो ?

आज देशभर कहाँको मौसम कस्तो ?

665
Shares
आज देशभर कहाँको मौसम कस्तो ?

काठमाडौं, पुस ९ : देशका अधिकांश भूभागको मौसम आज सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल उल्लेखनीय मौसम प्रणाली नभएकाले वर्षा र हिमपातको सम्भावना नरहेको जनाएको छ ।

अहिले बिहान कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सफा रहेको जनाएको छ। तराईका थोरै भूभागमा हुस्सु/कुहिरो लागेको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ भने बाँकी भूभागमा मौसम सामान्यत: सफा रहनेछ।

राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ । भोलि (मंगलबार) कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

बाँकी भूभागमा मौसम सफा रहनेछ। राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ ।

665
Shares

ट्रेन्डिङ