काभ्रेको धुलिखेल नगरपालिकामा मतदान सकिएसंगै मतपेटिका मत गणना केन्द्रमा आउन थालेको छ ।
१२ वटा वडा रहेको धुलिखेल नगरपालिकाको सबै मतदान केन्द्रमा आज उत्साहजनकरुपमा मतदान सकिएको छ । मतदान सकिए लगत्तै मतपेटिका धुलिखेल शैक्षिक तालिम केन्द्रमा ल्याउन थालिएको छ ।
विषेश सुरक्षाका साथ मतपेटिका आईरहेको धुलिखेलका निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिए । यो समाचार तयार पर्दा सम्म वडा नं १, २ र ११ वाहेक सबै वडाको मतपेटिका आइपुगेको उनले जानकारी दिए ।
२५ हजार ४ सय ७० मतदाता रहको धुलिखेलमा १९ हजार ८ सय ३८ मत खसेको छ ।