काभ्रे। काभ्रेको जिल्ला काभ्रे रोशी गा.पा.९ नार्के लगायत विभिन्न ठाँउमा वि.पि. राजमार्गमा पहिरो तथा खोलामा आएको बाढी र लेदोको कारण बाटो दुई तर्फी रुपमा अवरोध भएको जिल्ला ट्राफिक कार्यलय काभ्रेले जनाएको छ ।
ट्राफिक कार्यलयका अनुसार वि.पि. राजमार्ग सडक विभागले दुईतर्फी नै सडक खुलाउने प्रयास गरिहेको भएता पनि अविरल बर्षातको कारण समस्या भैरहेको जनाएको छ । बर्षा भैरहेकाले आज सकेसम्म बैकल्पिक मार्ग प्रयोग गर्न हुन अनुरोध समेत गरेको छ ।
संगै यता अरनिको राजमार्ग अन्तर्गत बनेपाको पुलबजार र धनेश्वोर क्षेत्र समेत डुवान भएको छ । डुबानका कारण सवारी आवज जावतमा समस्या भएको छ । पुल बजार र धनेश्वोर मार्गका पसलहरु समेत खुल्न सकेका छैनन् ।
https://www.facebook.com/sabaikosamacharonline/videos/1455051718591383