सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • जीप दुर्घटनामा ज्यान गुमाएका दुई जनाकाे परिचय खुल्याे

जीप दुर्घटनामा ज्यान गुमाएका दुई जनाकाे परिचय खुल्याे

995
Shares
जीप दुर्घटनामा ज्यान गुमाएका दुई जनाकाे परिचय खुल्याे

दाङ :- सल्यानमा भएको जीप दुर्घटनामा परि ज्यान गुमाएका दुई जनाको परिचय खुलेको छ । दाङको तुलसीपुर-१८ का अन्दाजी २५ वर्षीय भक्तबहादुर घर्ती र त्यहीँ ठाउँका अन्दाजी ५० वर्षीय गणेश बुढाको ज्यान गएको प्रहरीले जनाएको छ।

बिहान सवा बजेतिर रा १ च १०२५ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोला नजिकै अनियन्त्रित भएर पल्टिएको थियो ।

दुर्घटनामा परि दाङको तुलसीपुर-२ का ३५ वर्षीय नारायण योगी घाइते भएका र उहाँकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

995
Shares

ट्रेन्डिङ