काठमाडौं । प्रहरीले न्यूरोडको सुन पसलबाट ५ किलो बढी सुन बरामद गरेको छ ।
उक्त सुन पसल छापा मार्दा ५ किलो बढी सुन बरामद गरिएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले मंगलबार राति सुनसहित ‘ओमपाल गोल्ड शप’ का सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरेका छन् ।