सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बाढिपिडितलाई काभ्रेको गाउपालिका र नगरपालिकाबाट राहतको घोषणा

बाढिपिडितलाई काभ्रेको गाउपालिका र नगरपालिकाबाट राहतको घोषणा

6260
Shares
बाढिपिडितलाई काभ्रेको गाउपालिका र नगरपालिकाबाट राहतको घोषणा

काभ्रे, साउन ३० (सुरज श्रेष्ठ ) । तराइमा आएको बाढिबाट पिडितलाई बिभिन्न ठाउँबाट सहयोग गर्ने क्रममा काभ्रेपलान्चोक जिल्लाले पनि सहयोग गर्ने भएको छ । अहिले देशमा बिभिन्न ठाउँ ईटहरि , गौरादह, धनुसा, सप्तरी, कोशी , बिराटनगर, बिर्तामोड, राजबिराजमा बाढीको कारण अहिले बिचलित भएको छ । सयौ थुङ्ग फुलका हामी एउटै माला नेपाली… यहाँ सिङ्गो मधेश बाढीको चपेटमा परेर हजारौ घरहरु डुबिरह्दा हामिलाई अति दु:खी तुल्यायो,हामिले आफ्नै दाजु भाइहरुलाई बिपद परिरहदा हेरी बस्न नसकेर काभ्रेपलान्चोक जिल्ला रोशी गाऊ कार्यपालिकाको आपतकालिन बैठक बसी तराईमा भएको बाढीपिडितकोलागी तुरुन्तै १००००० एक लाख रुपैया सहयोग गर्ने निर्णय रोशी गाउपालिका अधक्ष्य दल बहादुर लामा ( डी. भी लामा ) बताएका छन ।

हामी नेपाली एक हुन पर्ने भन्ने लामाको भनाइ रहेको छ, आपत परेको बेलामा हामी नेपाली भएर सहयोग नगरे कहिले गर्ने भने कुरा उठाउनु भएको छ्, तराइमा आपत पर्दा हामी मात्र होइन सबै एक जुट हुन पर्छ भने लामाको भनाइ रहेको छ र सबै मिलेर सहयोग गर्न सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनिलाई लामाको अनुरोधको साथ साथै नेपाली एक भएर अगाडी लागौ लामाले भनेका छ्न ।

त्यस्तै धुलिखेल नगरपालीकाले पत्रकार सम्मेलन गर्दै तराइका विभिन्न स्थानमा बाढिका कारण भएको मानविय तथा भौतिक क्षति पुगेका स्थानमा राहत प्रदान गर्न प्रधानमन्त्री राहत कोषमा मार्फत १ लाख ११ हजार १ सय ११ रुपैया प्रदान गर्ने बताएको हो । धुलिखेल नगरपालीकाका मेयर अशोककुमार व्याञ्जु श्रेष्ठले प्रधानमन्त्री राहत कोष मार्फत आफ्नो नगरपालीकाको राहत कोषबाट रकम प्रदान गर्ने जानकारी दिए । राहत रकम अगामी मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रदान गरिने नगरपालीकाले जनाएको छ । त्यस्तै आज पत्रकार महासंघ काभ्रेले पनि सहयोग गर्न आज बैठक बस्ने निर्णय गरेको छ l

6260
Shares

ट्रेन्डिङ