सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • काभ्रेको चौरीदेउराली अस्पतालमा अक्सिजन प्लाण्ट जडान

काभ्रेको चौरीदेउराली अस्पतालमा अक्सिजन प्लाण्ट जडान

5095
Shares
काभ्रेको चौरीदेउराली अस्पतालमा अक्सिजन प्लाण्ट जडान

 

काभ्रेको चौरीदेराली गाउँपालिकाले अक्सिजन प्लाण्ट जडान गरेको छ । पालिका अध्यक्ष दिननाथ गौतमका अनुसार प्लाण्टको परीक्षण र कार्यसम्पन्नताको अन्तिम चरणमा पुगिएको छ ।

पालिका, चौरीदेउराली गाउँपालिकबासी र अन्य सहयोगी दाताहरूको संयुक्त प्रयासमा चौरीदेउरालीको अस्पतालमा अक्सिजन प्लाण्ट गरिएको हो ।

प्लाण्टबाट न्यूनतम ९५ प्रतिशत शुद्धता भएको अक्सिजन उत्पादन हुनेछ । न्यूनतम 10Nm3/hr क्षमताको अन्तराष्ट्रिय स्तरको अक्सिजन प्लाण्टको सबै काम ठेक्का मार्फत भैरहेको छ ।

१ करोड़ ४ लाखमा ठेक्का सम्झौता भएको थियो । जनस्तरबाट अक्सिजन प्लाण्ट निर्माण अभियानमा गाउँपालिकाको खातामा हालसम्म ६१ लाख ८१ हजार रकम जम्मा भएकोछ ।

पालिका अध्यक्ष गौतमले यस अभियानमा सहभागी सम्पूर्ण अभियन्ता र सहयोगीलाई धन्यबाद दिँदै यो अभियान अन्तिम चरणमा पुगेको र सो खाता पनि बन्द हुन लागेकोले जनस्तरबाट अक्सिजन प्लाण्ट निर्माण अभियानमा छुट्नुभएका र सहयोग गर्न इच्छुक ब्यक्तिलाई पुनः एकचोटी यो जनअभियानमा सहभागी हुन अपील गर्नभयो ।

 

5095
Shares

ट्रेन्डिङ