सबैको समाचार
बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • प्रधानमन्त्रीद्धारा मन्त्रिमण्डल हेरफेर, जसपाका ३ नयाँ तीन मन्त्री

प्रधानमन्त्रीद्धारा मन्त्रिमण्डल हेरफेर, जसपाका ३ नयाँ तीन मन्त्री

3950
Shares
प्रधानमन्त्रीद्धारा मन्त्रिमण्डल हेरफेर, जसपाका ३ नयाँ तीन मन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल हेरफेर गरेका छन् ।

सत्तारुढ दल जनता समाजवादी पार्टी ९जसपा०को सिफारिसमा प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल हेरफेर गरेका हुन् ।

जसअनुसार मृगेन्द्रसिंह यादव कृषि पशुपन्छी विकास मन्त्री, मोहम्मद इश्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् ।

जसपाबाट हाल सरकारमा ४ जना मन्त्री रहे पनि सामान्य प्रशासनमन्त्री राजेन्द्र कुमार श्रेष्ठलाई भने यथावत रहेका छन् ।

यसअघि कृषिमन्त्री महिन्द्रराय यादव, वनमन्त्रीमा रामसहायप्रसाद यादव र वनमन्त्रीमा रेणु यादव रहेका थिए ।

यसअघि एकीकृत समाजवादीले पनि आफ्ना ४ मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुलाई जिम्मेवारीमा पठाएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा विद्यादेवी भण्डारीेले तीन मन्त्रीहरुलाई नियु्क्त गरेकी हुन् ।

नवनियुक्त मन्त्रीहरुको शपथ आजै गर्ने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

3950
Shares

ट्रेन्डिङ