सबैको समाचार
मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • चक्रेश्वर माध्यमिक विद्यालयको ६९औं वार्षिकोत्सव

चक्रेश्वर माध्यमिक विद्यालयको ६९औं वार्षिकोत्सव

1770
Shares
चक्रेश्वर माध्यमिक विद्यालयको ६९औं वार्षिकोत्सव

काभ्रे : चक्रेश्वर माध्यमिक विद्यालयको ६९औं वार्षिकोत्सव समारोहको प्रमुख आतिथ्यता गर्दै रहनु भएका बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी आफू बसेको स्थानबाट उठेर विद्यार्थीहरुले तयार पारेको ‘मिर्मिरे’ भित्तेपत्रि हेर्न पुग्नु हुन्छ ।

उहाँले पुलकित हुँदै गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुजाता आचार्यलाई भन्नुभयो, “यो त साँच्चिकै लोभ्याउँदो छ । यसो गरौं यस प्रकारको भित्ते पत्रिका प्रकाशनको अभ्यास गाउँपालिकाका सबै माध्यमिक विद्यालयमा लैजाऔं । प्रतिस्पर्धा गराऔं, उत्कृष्ट लेख रचनालाई पहिलो स्थान दिउँ साथै नगद पुरस्कारको पनि व्यवस्था गरौं ।” त्यहिँबाट यो कार्यक्रम शुरु भयो । शुक्रबार विद्यालयको वार्षिकोत्सव समारोहबाटै उहाँले यो कार्यको थालनी गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै चक्रेश्वर मा.वि.ले त्यस भेगमा पु¥याएको योगदानको उहाँले चर्चा गर्नु भयो । उहाँले गाउँ गाउँमै विकासका आयाम थप्न आफूहरु लागि रहेको बताउँदै नागरिक शिक्षित छन्, उनीहरुको देशको आर्थिक, सामाजिक, र वित्तीय स्थितिको उत्थानको लागी देशको विभिन्न क्षेत्रहरुमा रोजगार पाउने बताउनु भयो । शिक्षा राष्ट्रको लागि पनि मूल्यवान रहेको र राम्रो स्तरको शिक्षा भए समाज रुपान्तरणमा समय नलाग्ने बताउनु भयो ।

कार्यक्रममा गाउँपालिका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष मधुसुधन तिमल्सिनाले विकास निर्माणका काममा सबै एक जुट हुन आग्रह गर्नुभयो । जुन पार्टीमा रहे पनि, जुन पार्टीमा गए पनि नगए पनि समाज रुपान्तरणमा सबैको योगदान पुज्य हुने भएकाले दलीय स्वार्थभन्दा माथि उठेर च्याम्राङभेगको विकासका लागि सहकार्य गर्न सबैसँग आग्रह गर्नुभयो । उहाँले गाउँमै रोजगारी सिर्जना गर्न आवश्यक रहेको औंल्याउँदै युवाहरुले सहर मोह त्याग्नु पर्ने बताउनुभयो । आ

फू स्वयं मुलधारको पत्रकारिता छाडेर, सहरको सुविधा त्यागेर गाउँ बनाउन आएकोले साना तिना कुरालाई पहाड नबनाउन आग्रह गर्नुभयो । उहाँले च्याम्राङभेगका साझा स्वार्थमा हातेमालो गर्न सबैसंग आह्वना गर्नुभयो । उहाँले सानो परिधीमा सञ्चालित निजी विद्यालयमा अभिभावकको आकर्षण बढिरहँदा हाम्रा सामुदायिक विद्यालय सुविधासम्पन्न हुँदा पनि किन मन जित्न सक्दैनन भन्ने प्रश्न गर्दै गुणस्तरीय शिक्षाको लागि शिक्षण सिकाइ क्रियाकलाप पनि गुणस्तरीय हुनुपर्नेमा विद्यालयको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले शिक्षण सिकाइ क्रियाकलाप गुणस्तरीय बनाउन अभिभावक, शिक्षक, विद्यार्थी र पाठ्यक्रमको बहुआयामिक सम्बन्ध स्तरीय हुनुपर्ने बताउँदै मुख्य भुमिका निर्वाह गर्ने प्रतिभाशाली जाँगरिलो शिक्षक नै भएको कुरा दोहो¥याउनु भयो । आफूमा मैजुदा ज्ञान सीपलाई परिस्कृत गदै शिक्षा प्रदान गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिप्रसाद घिमिरेले वार्षिक प्रदिवेदन पेश गर्नु भएको थियो । कार्यक्रममा बेथानचोक गाउँपालिका महिला बालबालिका शाखा प्रमुख सुजाता आचार्य, भैरव मा.वि. चन्देवी प्रा.वि. कालिदेवी आ.वि.का प्र.अ., चक्रेश्वर साकोस, नवप्रतिभा साकोसका प्रतिनिधि, शिक्षक अभिभावक संघका अध्यक्ष ङलप्रसाद दाहाल, संघका पूर्व अध्यक्ष तुलप्रसाद दाहाल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मखमली सिंतान लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयको विभिन्न गतिविधिमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी, पूर्व शिक्षक लगायतलाई सम्मान गरिएको कार्यक्रममा विद्यार्थीले मनै लोभ्याउन प्रतिभा प्रस्तुत गर्नु भएको थियो । समारोहको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास गोलेले गर्नुभएको थियो ।

1770
Shares

ट्रेन्डिङ