सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • उपचारको रकम तिर्न नसक्दा अस्पतालमै अलपत्र

उपचारको रकम तिर्न नसक्दा अस्पतालमै अलपत्र

865
Shares
उपचारको रकम तिर्न नसक्दा अस्पतालमै अलपत्र

इलाम ।  उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य छन् इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना ।

गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनमा उपचारका लागि भर्ना गराएका थिए । ६ महिनाअघि नै उनको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताए पनि घर ल्याउन नसकिएको परिवारजनले गुनासो गरेका छन् ।

दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले दुर्गाप्रसाद लाई घर लैजाँदा हुन्छ भनेर चिकित्सकले सल्लाह दिए पनि आर्थिक अभावले अस्पतालमै राख्नुपरेको बताएका छन् ।

अस्पतालमा छ महिनाअघि नै चार लाख १५ हजार रुपैयाँ बाँकी भएको जनाउँदै उनले अहिले हिसाब–कति पुग्यो थाहा थाहा नभएको तिम्सिनाले बताएका छन् ।

उनीमा मानसिक समस्या देखिएकाले ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनमा उपचारका लागि भर्ना गरिएको थियो ।

865
Shares

ट्रेन्डिङ