सबैको समाचार
बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रतर्फ स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर

प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रतर्फ स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर

1040
Shares
प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रतर्फ स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन्।

भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री आफैँ नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रका लागि गएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

उद्धार र राहतमा समन्वयका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र पूर्वअर्थमन्त्री जनार्दन शर्मासमेत प्रभावित क्षेत्रमा गएका छन्। मन्त्री बस्नेत जाजरकोट र शर्मा रुकुमपश्चिमबाट निर्वाचित सांसद हुन्।

1040
Shares

ट्रेन्डिङ