सबैको समाचार
सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

565
Shares
मोटरसाइकल दुर्घटनामा  एक युवकको मृत्यु

गोरखा । गोरखामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

बा ९१ प ४५८ नम्वरको मोटरसाइकल दुर्घटनामा सिरानचोक गाउँपालिका वडा नम्वर ६ नयाँसाघुँका २७ बर्षीय मिलन थापा मगरको मृत्यु भएको छ ।

शनिवार राती करिव १० बजेको समयमा छेपेटार बारपाक सडकखण्डको भालुस्वाँरा नजिकै राजेश परियारले चलाएको  मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाइकलको पछाडी सवार मगर घाइते भएका थिए । गोरखा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी नीरिक्षक शेखर खड्काले बताए ।

मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको र फरार रहेका चालक परियारको खोजी कार्य भइरहेको छ ।

 

565
Shares

ट्रेन्डिङ