सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  •  हालसम्मकै उच्च सुनको मूल्य

 हालसम्मकै उच्च सुनको मूल्य

375
Shares
 हालसम्मकै उच्च सुनको मूल्य

काठमाडौं :- बिहीबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

लगातार मंगलबारदेखि नयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्यले बिहीबार पनि नयाँ इतिहास कायम गरेको हो ।

बुधबार छापावाला सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै १ लाख २३ हजार ५ सय रुपैयाँ कायम गरेको थियो ।

उक्त मूल्यको रेकर्ड ब्रेक गर्दै बिहीबार हालसम्मकै उच्च मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार एकै पटक सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेर १ लाख २५ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर १४ सय ७० रुपैयाँ कायम भएको छ ।

375
Shares

ट्रेन्डिङ