सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा विब्यस अध्यक्ष गौतममाथि कुटपिट, अवस्था गम्भीर

काभ्रेमा विब्यस अध्यक्ष गौतममाथि कुटपिट, अवस्था गम्भीर

10635
Shares
काभ्रेमा विब्यस अध्यक्ष गौतममाथि कुटपिट, अवस्था गम्भीर

 

काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर ५ स्थित अरनिको माध्यामिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चेत प्रसाद गौतम माथि कु ट पि ट भएको छ ।

स्थानीय भरत बुढाथोकीको समूहले अनावश्यक रुपमा त ना ब सिर्जना गरेर कु ट पि ट हुन् । भरतका भाई केदार बुढाथोकी र भतिज देबेन्द्र बुढाथोकीको कुटाईबाट अरनिको माध्यामिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चेत प्रसाद गौतम गम्भीर घा इ ते हुनुभएको छ ।

गम्भीर घा इ ते गौतमको हाल बि एण्ड बि अस्पताल काठमाण्डौमा उपचार भइरहेको छ । अध्यक्ष गौतमको नाक र टाउकोमा ग म्भी र चो ट लागेको छ ।

कु ट पि ट मा संलग्न केदार र देबेन्द्र फ रार भएका छन् । भरत बुढाथोकी सोहि विद्यालयका ब्यवस्थापन समिति सदस्य समेत रहेको बताइएको छ ।

मंसिर २९ गते विद्यालयको कार्यालय सहायक (ब्यवस्थापक) पदका लागि परीक्षा थियो । परीक्षाको केन्द्र वडा नम्बर ५ कै जागृती माध्यामिक विद्यालयमा गाउँपालिकाले तोकेको थियो । परीक्षाका लागि गाउँपालिकाको शिक्षा शाखाबाट सरोज अधिकारी पुग्नुभएको थियो ।

परीक्षा सुरु हुनै लाग्दा भरत बुढाथोकीले विषय विज्ञको हातबाट प्रश्न पत्र खोसेपछि परिस्थिति असहज बनेको थियो । परीक्षामा भरतका दाजु बिर्ख बहादुर बुढाथोकीका बुहारी सहित ७ जना उम्मेदवार थिए । परीक्षाका लागि भने ५ जना मात्रै उपस्थिति भएका थिए ।

विद्यालयमा सिभिक फोरमको सरसफाई सम्बन्धि कार्यक्रम चलिरहेको थियो । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गौतम पनि सहभागि हुनु भएको थियो ।

परीक्षा केन्द्र अर्को विद्यालयमा राखेको भन्दै केदार र देबेन्द्र विद्यालय परिसरभित्रै पसेर अध्यक्ष गौतम माथि आज दिउँसो कु ट पिट गरेका हुन् । यो कु ट पि टको योजना भरत र उनका भाई गोविन्द्र बुढाथोकीले गरेको बताइएको छ ।

केदारको समूहले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक जयभद्र गौतमका परिवारलाई समेत ध म्की दिएका छन् । आफ्नै मान्छेलाई जसरी पनि जागिर खुवाउनुपर्ने द बा ब दिन केदार बुढाथोकीको परिवार लागेको बताइएको छ ।

 

 

10635
Shares

ट्रेन्डिङ