सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • भिजिट भिसामा कामदार पठाउने एजेन्ट पक्राउ

भिजिट भिसामा कामदार पठाउने एजेन्ट पक्राउ

255
Shares
भिजिट भिसामा कामदार पठाउने एजेन्ट पक्राउ

काठमाण्डौ | प्रहरीले भिजिट भिसामा यूएई जान लागेका तीन जना महिलालाई विमानस्थलबाट फर्काएर उनीहरुलाई पठाउने एजेन्टलाई पक्राउ गरेको छ ।

शंकास्पद रुपमा युएई पठाउन लागेको खुलेपछि महिलालाई फर्काएर एजेन्ट रुपन्देहीको रुद्रपुरका भबिलाल थापालाई पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माले जानकारी दिनुभयो ।

पक्राउ परेका थापालाई थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय पठाएको एसएसपी शर्माले बताउनुभयो । सजिलै काम पाइने प्रलोभनमा विदेश लगेर अलपत्र पार्न गरेको भेटिएपछि प्रहरी विमानस्थलमा हुने जाँचमा कडाइ गरेको छ ।

रुसी सेनामा जाने कतिपय नेपालीलाई पनि एजेन्टले भिजिट भिसामा युएई लगेर त्यहाँबाट रुस पठाएको अनुसन्धानबाट देखिएको थियो ।

255
Shares

ट्रेन्डिङ