सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • मैले तिमीलाई सम्झाउन सकिन प्रिय :  रेशम चौधरी

मैले तिमीलाई सम्झाउन सकिन प्रिय :  रेशम चौधरी

400
Shares
मैले तिमीलाई सम्झाउन सकिन प्रिय :  रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको राजनीतिक विवाद फेसबुकमा  फैल्याएका छन् ।

प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने नगर्ने भन्ने विषयको विषयमा सम्झाउन आफू कैलालीबाट काठमाडौंसम्म आएर रन्जितासँग दुई घण्टा छलफल गरेको तर सम्झाउन नसकेको भन्दै रेशमले फेसबुकमा लेखेका छन् मैले तिमीलाई सम्झाउन सकिन प्रिय र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन । आज लोग्ने-स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन् । मलाई चिन्ता यसैमा छ, तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न ।’

रन्जिताको अनुपस्थितिमा सोमबार कैलालीको टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले नयाँ गठबन्धनमा नजाने र प्रतिपक्षमा बसेर प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो ।

पार्टीभित्रको यो विवाद घर झगडा नभई राजनीतिक विषय भएको रेशमको भनाइ छ । रेशम सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धनको पछाडि लाग्न नहुने पक्षमा छन् ।

आफू घर परिवारकोभन्दा जनताको मान्छे भएको भन्दै रेशमले रन्जितालाई सम्झाउन नसक्नु हार नभइ विवशता भएको भन्दै आफू अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे भएको बताएका छन् । रन्जिता भने प्रचण्डले नाउपाका नेता-कार्यकर्ता रिहाइका लागि पहल गरेकाले उनलाई साथ दिनुपर्ने पक्षमा छिन् ।

400
Shares

ट्रेन्डिङ