सबैको समाचार
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • आरआर क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

आरआर क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

3075
Shares
आरआर क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

काठमाडौँको प्रदर्शनीमार्गस्थित  रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सम्पन्न भएको छ । आठ वर्षपछि यहाँ स्ववियु निर्वाचन भएको हो ।
अनेरास्ववियुका अध्यक्षका उम्मेदवार तपेन्द्रबहादुर शाहीले ६९९ मतसहित जित हासिल गरेका हुन् । निर्वाचित शाही अनेरास्ववियूका केन्द्रीय सदस्य पनि हुन् । उनका प्रतिस्पर्धी नेपाल विद्यार्थी सङ्घबाट उत्तमबहादुर साउदले ३६७ मत प्राप्त गरे । निर्वाचनमा एमालेको भातृ संगठन अखिलले सिंगो प्यानलसहित भारी मतका साथ जित हासिल गरेको छ ।
निर्वाचनमा कुल मतदाता तीन हजार ५८१ मध्ये एक हजार २७६ मतदाताले  मतदान गरेका थिए । दुईपटक स्थगित भएको निर्वाचनको मतदान बिहान ८ देखि साँझ ५ बजेसम्म भएको थियो ।
निर्वाचन गराउन ठूलो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
साँझ ६ बजेबाट छ स्थानमा मतगणना भइरहेको छ । तीन घन्टाभित्र निर्वाचन परिणाम घोषणा गर्ने तयारी रहेको छ ।

3075
Shares

ट्रेन्डिङ