सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • मिनी ट्रक खोलामा खस्दा चालकको मृत्यु

मिनी ट्रक खोलामा खस्दा चालकको मृत्यु

5385
Shares
मिनी ट्रक खोलामा खस्दा चालकको मृत्यु

काठमाडौं, जेठ २६ : भक्तपुरमा मिनी ट्रक खोलामा खस्दा चालकको मृत्यु भएको छ। आइतबार राति साढे १० बजे चाँगुनारायण नगरपालिका-३ ब्यासीबाट झौंखेलतर्फ जादैँ गरेको महाशक्ति इट्टा भट्टाको बा ५ ख ३११ नम्बरको मिनी ट्रक खोलामा खसेको थियो।

प्रहरी पुग्दा सोही नगर वडा नम्बर ३ झौंखेल बस्ने ३५ वर्षीय नवराज लाछिवा गाडीले च्यापिएको अवस्थामा फेला परेका थिए। महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी दिपक गिरीका अनुसार उनलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्‍याए लगत्तै डा. इवामुरा मेमोरियल अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

दुर्घटना भएको मिनी ट्रकली क्रेनको सहयोगले निकालिएको छ। डिएसपी गिरीका अनुसार लापरवाही तरिकाले तीव्र गतिमा सवारी चलाउदा आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो। उनले घटनाको थप अनुसन्धान भइरहेको बताए।

5385
Shares

ट्रेन्डिङ