सबैको समाचार
सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • रेलको सम्भावना अध्ययन गर्न चिनियाँ टोली लुम्बिनीमा

रेलको सम्भावना अध्ययन गर्न चिनियाँ टोली लुम्बिनीमा

3510
Shares
रेलको सम्भावना अध्ययन गर्न चिनियाँ टोली लुम्बिनीमा

भैरहवा : रेल मार्गको सम्भावना अध्ययन गर्न आएको चिनियाँ उच्च प्राविधिक तथा सरकारी अधिकृत सहितको टोलीले बिहीबार रुपन्देही आएर अध्ययन गरेको छ। टोलीले भैरहवा आसपासको क्षेत्र निरीक्षण गरेको हो।

भैरहवा विमानास्थलको पछाडि, भैरहवाभन्दा पूर्व तथा पश्चिमी क्षेत्रको निरीक्षण गरी लुम्बिनी आसपास पनि रेलको सम्भाव्यताबारे अध्ययन गरिएको भौतिक निर्माण तथा यातायात मन्त्रालय रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले बताए।

चिनियाँ राष्ट्रिय रेल वे प्रशासनका उप निर्देशक झियान चियान नेतृत्वको ३३ सदस्यीय टोलीले नेपालमा रेलको सम्भाव्यताबारे अध्ययन गरिरहेको छ। केरुङ्गबाट हिँडेको टोली पोखरा हुँदै लुम्बिनी आएको हो। दुई पक्षले नेपालमा रेलको सम्भावनाबारे संयुक्त रुपमा अध्ययन गरिरहेको उनले बताए। नेपाल र चीनबीच रेल माध्यमद्वारा सहकार्य गर्न चिनियाँ टोली उत्सुक रहेको आफूले पाएको उपाध्यायले बताए।

‘काठमाडौं–पोखरा रेलमार्गको यसअघि नै अध्ययन भइसकेको छ,’ उनले भने, ‘टोलीले लागत र डिजाइनलगायत एउटा खाका तयार पार्नेछ र अन्तिम रूप दिनेछ।’ यसको लम्बाइ करिब ३ सय किलोमिटर हुने उनले बताए। अध्ययन सकेर टोली शुक्रबार चीन फर्कनेछ।

-अनपूर्ण बाट

3510
Shares

ट्रेन्डिङ