सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • ग्रिनलाइन प्रालिका सञ्चालक अमित अग्रवाल प क्रा उ

ग्रिनलाइन प्रालिका सञ्चालक अमित अग्रवाल प क्रा उ

4550
Shares
ग्रिनलाइन प्रालिका सञ्चालक अमित अग्रवाल प क्रा उ

 

 

काठमाडौं । मदिराको व्यापार गर्ने ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल प क्रा उ परेका छन् ।

 

अग्रवाललाई चेक बाउन्सको उजुरीका आधारमा महानगरिय प्र ह री परिसर काठमाडौंले शनिबार प क्रा उ गरेको हो। उनलाई आइतबारदेखि चार दिन म्याद मागेर अनुसन्धान भइरहेको महानगरिय प्र ह री परिसर, काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताएका छन्।

 

बैंक तथा वित्तीय संस्था र साथीभाइको गरी करिब १ अर्ब रुपैयाँ भन्दा धेरै ऋण भुक्तानी गर्न नसकेर अमित लगायत ग्रिनलाइनका सञ्चालकहरु फरार भएका थिए। फरार भएको करिब एक महिनापछि आफै प्र ह री सम्पर्कमा आएका हुन्।

 

सम्पर्कमा आएपछि माघ २८ गते पत्रकार सम्मेलन गरेर उनले आफ्नो कारोबारको विवरण सार्वजनिक गरेका थिए।

 

अग्रवालले लिएको ऋण तिर्न नसकेपछि बैंकहरूले ग्रीन लाइन पसल ‘सिल’ गरेका छन्। अग्रवालले काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री–वितरण गर्दै आएका थिए।

 

अग्रवालको दिएको डेढ करोड र ५० लाख रुपैयाँको चेक बाउन्स भएको आरोप छ।

 

4550
Shares

ट्रेन्डिङ