सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • पाँचखालका भुकम्प पीडितहरुलाई न्यानो कपडा

पाँचखालका भुकम्प पीडितहरुलाई न्यानो कपडा

3020
Shares
पाँचखालका  भुकम्प पीडितहरुलाई न्यानो कपडा

काभ्रे, १३ माघ । काभ्रे पाँचखालका भुकम्प पीडितहरुलाइ न्यानो कपडा वितरण गरिएको छ । पाँचखाल नगरपालिका भित्रका भुकम्प पीडितहरु, दलित ,जनजाती र अन्य गरि ५२ जनालाई न्यानो कपडा वितरण गरिएको हो । टेवा संस्थाको आर्थिक सहयोग तथा महिला साहारा सामाजिक संस्था पाँचखालले वितरण गरेको न्यानो कपडा बाट टहरामा बसिरहेको भूकम्प पिडितहरु लाभाबित भएका छन् ।

न्यानो कपडा वितरण कार्यक्रम संस्थाकि अध्यक्ष झलकुमारी दुलाल ,पाँचखाल नगरपालिकाकको उपप्रमुख लक्ष्मी दनुवारको प्रमुख अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । यसै गरि पौष २९ गते पनि इको अर्गायनिकको सहयोग मा ५० जना लाई न्यानो कपडा वितरण गरिएको झलकुमारि दुलालले जानकारी दिनु भयो । यो जाडोमा न्यानो सिरक पाउँदा साहै खुसी लागेको बेलि मिजारले बताइन । यो संस्थाले टुहुरा बालबालिकालाई रासन पानी सहिद पढ्न लाइ सहयोग गरिरहेका पनि झलकुमारी दुलालले बताइन ।

3020
Shares

ट्रेन्डिङ