सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • टिकटकपछि स्न्यापच्याट, टिन्डर, टेलिग्राम र लाइकीमाथि समेत प्रतिबन्ध लगाउने सरकारको तयारी

टिकटकपछि स्न्यापच्याट, टिन्डर, टेलिग्राम र लाइकीमाथि समेत प्रतिबन्ध लगाउने सरकारको तयारी

510
Shares
टिकटकपछि स्न्यापच्याट, टिन्डर, टेलिग्राम र लाइकीमाथि समेत प्रतिबन्ध लगाउने सरकारको तयारी

सरकारले बिगो लाइभ, लाइकी, टिन्डर, स्न्यापच्याट, टेलिग्राम लगायतका एपमाथि समेत प्रतिबन्ध लगाउने तयारी गरको छ । 

टिकटकमा जस्तै प्रयोगकर्ता लाइभ बस्न मिल्ने अन्य सामाजिक सञ्जालमाथि समेत प्रतिबन्ध लगाउने आशयका साथ निगरानी बढाइएको छ । 

प्रधानमन्त्री कार्यालयले विज्ञहरू सहितको एउटा टोली बनाएर त्यस्ता एपहरूको निगरानी गरिरहेको छ । गत २७ कात्तिकको मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सद्‌भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारिरहेको भन्दै टिकटकमाथि तत्काल रोक लगाउने निर्णय गरेको थियो ।

सबै पक्षको अध्ययन गरी टोलीले प्रतिवेदन बुझाउने र सोही आधारमा प्रतिबन्ध लगाउने गरी सिफारिस गरिने बताइएको छ । यसका साथै पब्जी र फ्रि फायरलाई समेत सरकारले निगरानीमा राखेको छ ।

510
Shares

ट्रेन्डिङ