सबैको समाचार
आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • एक्स्काभेटरले अटोमा ठक्कर दिँदा ३ जनाको मृत्यु , ४ जना घाइते

एक्स्काभेटरले अटोमा ठक्कर दिँदा ३ जनाको मृत्यु , ४ जना घाइते

4745
Shares
एक्स्काभेटरले अटोमा ठक्कर दिँदा ३ जनाको मृत्यु , ४ जना घाइते

कञ्चनपुर / एक्स्काभेटर अटोमा ठक्कर दिँदा अटोमा सवार तीन जनाको घटनास्थलमै ज्यान गएको छ । महेन्द्रनगरबाट भुजेला गइरहेको से १ क ७३३ नम्बरको एक्स्काभेटरले गड्डाचौकीबाट महेन्द्रनगर आइरहेको म १ ह ७६३ नम्बरको अटोलाई भीमदत्त नगरपालिका–५ वनगाउँमा ठक्कर दिँदा अटोमा सवार ३ जनाको ज्यान गएको हो ।

दुर्घटनामा परेर अटो चलाक र अन्य २ जना यात्री तथा एकजना साइकल यात्री घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीयका अनुसार एक्स्काभेटर चालकले मनपरी तरिकाले तीव्र गतिमा सवारी चलाएकाले दुर्घटना भएको हो । ट्राफिक प्रहरीको लापरवाहीका कारण अटोमा मापदण्ड विपरीत ६ जना सवारी बोक्ने गरेकाले पछिल्लो समय सडक दुर्घटना बढ्दै गइरहेको स्थानीय नवराज विष्टको आरोप छ । घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

4745
Shares

ट्रेन्डिङ