सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • काभ्रेमा कस-कसले दर्ता गराए उम्मेदवारी ?

काभ्रेमा कस-कसले दर्ता गराए उम्मेदवारी ?

5230
Shares
काभ्रेमा कस-कसले दर्ता गराए उम्मेदवारी ?

काभ्रे, १९ वैशाख । काभ्रेमा मुख्य राजनीतिक दलहरुले सबै तहमा उम्मेदवारी दर्ता गराएका छन् । आज बिहान उम्मेदवारहरुको नामावली अन्तिम रुप दिएसँगै दलहरुले आज उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमालेले धुलिखेलको प्रमुखमा अशोक ब्याञ्जु र उपप्रमुखमा विमला शर्मा, बनेपामा लक्ष्मी नरसिं बादे र उपप्रमुखमा रेखा दाहाललाई सर्वसम्वत छनौट गरेको थियो भने तेमाल गाउँपालिकामा अध्यक्ष प्रदिप लामा र उपाध्यक्षलाई उषा घिसिङलाई सर्वसम्वत उम्मेदवार घोषणा गरेको थियो ।
एमालेबाट मण्डनदेउपुर नगरपालिकामा टोकबहादुर वाईवा र निर्मला शाहि, पाँचखालमा रुद्रबहादुर बाँनिया र भक्तकुमारी लामा, नमोबुद्धमा टिपी शर्मा तिमल्सिना र रामदेवी लामा, पनौतीमा भिम न्यौपाने र गिता बञ्जारा, रोशी गाउँपालिकामा बज्रध्वज वाईवा र वविता बोहरा उम्मेदवार बनेका छन् । यस्तै खानीखोलामा कृष्ण खुलाल र रुकमणी गुरुङ्ग, चौरी देउरालीमा लेखराज गौतम र इन्द्रमाया तामाङ, भुम्लु गाउँपालिकामा गुमानध्वज कुँवर र कल्पना श्रेष्ठ, बेथाञ्चोक गाउँपालिकामा प्रेम लामा र उन्नती केसीलाई उम्मेदवार बनाएको छ । त्यस्तै नेपाली कांग्रेस काभ्रेले बनेपामा राम जोशी र निर्मला श्रेष्ठलाई छनौट गरेको छ भने रोशी गाउँपालिकामा दलबहादुर तामाङ डिबी र लक्ष्मी बर्तौला, नमोबुद्ध नगरपालिकामा कुन्साङ लामा र कमला खनाल, धुलिखेल नगरपालिकामा रमेश हुमागाई र निर्मला योगल श्रेष्ठ, मण्डन देउपुर नगरपालिकामा अच्युत प्रसाद पौडेल र राधीका ढकाल, तेमाल गाउँपालिकामा सलाम सिं लामा र दुर्गामाया लामा, महाभारत गाउँपालिकामा रकम सिं लामा र विष्णुमाया पुलामीलाई उम्मेदवार बनाएको छ ।
कांग्रेसले चौरी देउराली गाउँपालिकामा विक्रमराज गौतम र प्रमिला योञ्जन, खानीखोला गाउँपालिकामा गोपाल दर्लामी र तारादेबी आचार्य घिमिरे, पनौती नगरपालिकामा विदुर बञ्जारा र अञ्जु केसी, पाँचखालमा महेश खरेल र मञ्जु दनुवार, भुम्लुमा तस्विर लामा र शान्ति क्षेत्री, बेथाञ्चोकमा प्रेमबहादुर तिमल्सिना र सरिता लामिछानेलाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले बनेपामा भोला अर्याल र शुशिला श्रेष्ठ, धुलिखेलमा सरस्वती लामा र दिनदयाल श्रेष्ठ, पनौतीमा जानुका सापकोटा र जगन्नाथ गिरी, नमोबुद्धमा रत्न लामा र नानु घतानी, मण्डन देउपुरमा रिता ढकाल र निरञ्जन विष्ट, पाँचखालमा आईत सिं तामाङ र अस्मिता थापा मगर, चौरीदेउरालीमा दिनानाथ गौतम र तारा गौतमलाई उम्मेदवार बनाएको छ ।
यस्तै भुम्लुसल्लेमा नकुल पराजुली र अनिता गुरुङ्ग, महाभारतमा कान्छामान जिम्बा र रिना राना मगर खानीखोलामा इन्द्रबहादुर थिङ्ग र विन्दुमाया तामाङ, बेथाञ्चोकमा मर्दन सिं तामाङ र तारा राना मगर, रोशीमा मिमबहादुर वाईवा र तालमेलमा फोरमका प्रकाश थापा, तेमालमा गंगाबहादुर तामाङ र कल्पना मोक्तानलाई उम्मेदवार बनाएको छ । फोरम लोकतान्त्रिकबाट धुलिखेलमा राजु तामाङ प्रमुखमा उठेका छन् भने मालेबाट निरज खड्का उपप्रमुखमा उठेका छन् ।
-मेचीकाली डट कम बाट साभार

5230
Shares

ट्रेन्डिङ