सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • लकडाउनमै छापियो साढे ३ लाख चालक अनुमतिपत्र

लकडाउनमै छापियो साढे ३ लाख चालक अनुमतिपत्र

5365
Shares
लकडाउनमै छापियो साढे ३ लाख चालक अनुमतिपत्र

काठमाडौं, असार २४ । यातायात व्यवस्था विभागले (लकडाउन) बन्दाबन्दीमा झण्डै साढे ३ लाख चालक अनुमतिपत्र छापेको छ ।चालु आवको अहिलेसम्म साढे ६ लाख अनुमतिपत्र छापिएको छ ।

झण्डै २ लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ । गत पुस मसान्तसम्म नयाँ अनुमतिपत्रका लागि लिइएको परीक्षा उर्तीण र नवीकरणका लागि आएका अनुमतिपत्र छापिएको छ ।

असार मसान्तभित्रमा थप अनुमतिपत्र छापिन सकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो ।विभागले बन्दाबन्दीको केही सातासम्म अनुमतिपत्र छपाइको काम ठप्प राखेपनि त्यसपछि आवश्यक स्वास्थ्य सावधानी अपनाएर छापिरहेको छ ।

बन्दाबन्दीमा वितरण हुन नसकेकामा अहिले यातायात व्यवस्था कार्यालयले अनुमतिपत्र वितरण गरिरहेको छ ।संविधानुसार यातायातको जिम्मेवारी प्रदेश सरकारको भएकाले दुई वर्ष पहिले नै यातायात कार्यालय नेपाल सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो ।

सरकारले पाँच वर्ष पहिले हस्तलिखित अनुमतिपत्र हटाएर स्मार्ट चालक अनुमतिपत्र शुरु गरेको थियो ।देशभरका सबै कार्यालयको अनुमतिपत्र विभागले छाप्दै आएको छ ।विभागमा अनुमतिपत्र छपाइको चाप भएकाले गतवर्ष सरकारले ठूलो क्षमताको अनुमतिपत्र (मास प्रिन्टर) किनेको थियो । अहिले पूरानो उपकरण प्रयोग नभएर मास प्रिन्टरबाटै छपाइ भइरहेको छ । रासस

5365
Shares

ट्रेन्डिङ