सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • कोरोना संक्रमणका कारण काभ्रेमा थप एक पुरुषको ज्यान गयो, निकोे हुनेको संख्या ३ हजार भन्दा धेरै

कोरोना संक्रमणका कारण काभ्रेमा थप एक पुरुषको ज्यान गयो, निकोे हुनेको संख्या ३ हजार भन्दा धेरै

3260
Shares
कोरोना संक्रमणका कारण काभ्रेमा थप एक पुरुषको ज्यान गयो, निकोे हुनेको संख्या ३ हजार भन्दा धेरै

काभ्रे : कोरोना भाईरसको संक्रमणका कारण जिल्लामा थप एकको ज्यान गएको छ । ज्यान जानेमा काभ्रेको बनेपाका ६९ वर्षीय पुरुष छन् । ति पुरुषमा मंसीर २६ गते भाईरसको संक्रमण पुष्टि भएको थियोे ।

उपचारको क्रममा हिजो धुलिखेल अस्पतालमा ज्यान गएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । यो संगै जिल्लामा भाईरसका कारण ५८ जनाको ज्यान गइसकेको छ । उनीहरु मध्ये १२ महिला र ३० पुरुष गरी ४२ जना जिल्लाकै हुने भने १६ जना अन्य जिल्लाका हुन् । जिल्लाका भाईरस संक्रमित मध्ये उपचार पछि निकोे भएर आज २ जना डिस्चार्ज भए संगै निकोे हुनेको संख्या हाल सम्म ३ हजार १७ पुगेको छ ।

यसैगरी आज जिल्लामा ७ जनामा संक्रमण पुष्टि भएको छ । बनेपाका ३ जना महिला,धुलिखेल नगरपालिकाका ३ जना महिला र नमोबुद्ध नगरपालिकाका १ जना पुरुषमा संक्रमण पुष्टि भएको कार्यालय प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

हाल सम्म जिल्लामा संक्रिमित हुनेको संख्या ३ हजार १ सय ६३ पुगेको छ । जिल्लामा अझै एक सय ४ जना सक्रिय संक्रमित छन् । उनीहरु मध्ये ११ जना अस्पताल आइसोलेसनमा छन् भने ९३ जना होम आइसोलेसनमा छन् ।

3260
Shares

ट्रेन्डिङ