सबैको समाचार
बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बनेपा जनागलको सेतोपाटी संरक्षण गर्न बोलपत्र आह्वान

बनेपा जनागलको सेतोपाटी संरक्षण गर्न बोलपत्र आह्वान

9230
Shares
बनेपा जनागलको सेतोपाटी संरक्षण गर्न बोलपत्र आह्वान

काभ्रे : काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १० जनागलमा रहेको सेतोपाटी संरक्षण गरिने भएको छ । जनागल राउत गाँउको राणकालीन सोतोपाटी संरक्षण गर्नका लागी बोलपत्र आह्वान गरिएको हो । अरनिको राजमार्गको छेउमा रहेको वषै पुरानो सोतोपाटी संरक्षण गर्नका पुरातत्व बिभागले बोलपत्र आह्वान गरेको हो । बिभागले सेतोपाटी संरक्षणका लागी ७६ लाख ४५ हजार बजेट बिनियोजन गरेको छ ।

एकसय वर्षभन्दा पुरानो इतिहास बोकेको ‘सेतो पाटी’ २०७२ सालको भूकम्पपछि निकै जीर्ण बनेको थियो । तत्कालीन समयमा धेरै खर्च गरेर बनाइएको दुईतल्ले पाटी देशभरी नै प्रख्यात थियो । आठ मिटर लम्बाई र पाँच मिटर चौडाइ रहेको पाटीमा पाकेको इँटाले गारो लगाइएको छ । कलात्मक खोपा, आधा दर्जन झ्याल र भित्रपट्टि सामान राख्ने तखता एवं खण्ड यसका विशेषता हुन् ।

बाहिरी भित्तामा सिंह, चराचुरूंगी तथा प्रतीकात्मक बुट्टाले गर्दा सेतो पाटी आकर्षक बन्न पुगेको छ । बनेपा नगर कलासम्पन्न,प्राचीन र मल्लकालीन सम्पदाहरू समेत रहेकोले ती सबै वस्तुहरूको दीर्घकालीन संरक्षण गर्नु पर्नेमा स्थानीयले जोड दिएका छन् ।

9230
Shares

ट्रेन्डिङ