सबैको समाचार
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • प्रचण्डले लिए धुलिखेलमा जिपलाइनको मज्जा

प्रचण्डले लिए धुलिखेलमा जिपलाइनको मज्जा

6495
Shares
प्रचण्डले लिए धुलिखेलमा जिपलाइनको मज्जा

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइन गरेका छन्। प्रचण्ड बिहीबार सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्ट पुगेका थिए। फर्कने क्रममा परिवारसँगै उनले जिपलाइनको मज्जा लिएका हुन्।

नाति नातिनीसहित पुगेका प्रचण्ड आफैंले क्लासिक जिपलाइनको अनुभव लिएका हुन्। साहसिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको बताए। पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको प्रचण्डको भनाइ छ।

जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दूरी ११ सय मिटर रहेको छ। भर्टिकल ड्रप दुई सय ४० फीट रहेको जिपलाइन ७० किलोमिटर प्रतिघण्टाको औसत गतिमा पार हुन्छ।

काठमाडौंबाट करिब ३५ किलोमिटर दुरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रूपमा सुरू भएको हो। धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्याण्डिङ स्टेसन छ।

क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि ३ प्रकारका जिपलाइन खेल्न पाइन्छ। खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्ससहित एडभेन्चर पार्क छन्। त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायताका हिमाल समेत अवलोकन गर्न सकिनेछ।

6495
Shares

ट्रेन्डिङ