सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • संशोधन प्रस्तावमा जति गरियो–गरियो, अब तलमाथि हुँदैन, यसलाई मोर्चाले मान्नुपर्छ : मन्त्री महत

संशोधन प्रस्तावमा जति गरियो–गरियो, अब तलमाथि हुँदैन, यसलाई मोर्चाले मान्नुपर्छ : मन्त्री महत

3250
Shares
संशोधन प्रस्तावमा जति गरियो–गरियो, अब तलमाथि हुँदैन, यसलाई मोर्चाले मान्नुपर्छ : मन्त्री महत

‘संशोधन प्रस्तावलाई अतिरञ्जित नगर्न एमालेलाई चेतावनी’
परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले मुलुकको निकासको लागि भनेर सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको भन्दै यसलाई अतिरञ्जित नगर्न प्रमुख प्रतिपक्षी दल एमालेलाई चेतावनी दिएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री डा. महतले सरकारले देशले निकास पाउँछ भनेर नै संशोधन प्रस्ताव ल्याएको उल्लेख गर्दै यसलाई कसैलेपनि अतिरञ्जित गर्न नहुने बताएका हुन् । उनले भने,‘यसलाई अतिरञ्जित गरियो भने दुर्भाग्यपुर्ण हुन्छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा मन्त्री महतले तत्कालको लागि केही हुन्छ कि भनेर सरकारले अहिलेको संशोधन प्रस्ताव ल्याएको बताउँदै भने,‘यसमा कसैको चित्त बुझेको छैन, स्वभाविक हो, यहाँ सबैले आफ्नो अडान राख्ने हो भने केही पनि हुँदैन् ।’ उनले हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेर अहिलेकैजस्तो प्रस्ताव त्यतिवेला ल्याउँदा राम्रो हुने तर अहिलेको सरकारले ल्याउँदा कसरी नराम्रो हुने भन्दै प्रश्न समेत गरे ।
महतले भने,‘उहाँहरुले गर्दा राम्रो हुने अनि हामीले गर्दा कसरी विखण्डनकारी हुने ?’ उनले राष्ट्रियताको लागि आफ्नो पार्टी नेतृत्वले के मात्रै नगरेको भन्दै प्रश्न तेर्साए ।
महतले भने,‘हामीले त कूटनीतिक टेबुलमा कुरा राखेका छौं, तर उहाँहरु त टेबुलमा केही नबोल्ने ? अनि सडकमा बोल्ने ?’ उनले एमालेलाई ईंगित गर्दै थपे,‘जहाँ कुरा गर्नुपर्ने हो त्यहाँ केही नबोल्ने अनि यहाँ चर्को कुरा गर्ने ।’ उनले यो प्रवृत्तिले मुलुकलाई दीर्घकालिन हित नहुनेपनि स्पष्ट पारे ।
उनले संविधान संशोधन प्रस्तावलाई प्रतिपक्षी दल र मधेशकेन्द्रित दलहरुले विरोध गरिरहने हो भने भोलि संकट आउने समेत बताए । उनले भने,‘अब मधेशकेन्द्रित दलहरुले पनि धेरै राजनीति गर्नुहुँदैन् ।’ उनले संशोधन प्रस्ताव नै निकासको लागि ल्याएको स्पष्ट पारे ।
महतले मधेशी मोर्चाले भनेजस्तोगरि अब संशोधन प्रस्ताव परिमार्जन हुने संभावना अहिले नभएको जिकिर गरे । उनले भने,‘म्याक्सिमम गर्न सक्ने भनेको यत्ति हो, यो प्रस्तावमा अब तलमाथि केही हुँदैन, अब परिमार्जन गर्ने कुरा नगर्नुहोस् ।’ महतले जसको लागि संशोधन प्रस्ताव ल्याईएको हो उनीहरुले अनरसिप सहज रुपमा लिनुपर्ने धारणा राखे । सरकार संविधान कार्यान्वयनको लागि प्रतिबद्धत रहेको भन्दै अब सबै दलहरु चुनावमा केन्द्रित हुनुपर्ने बताए ।
संशोधन प्रस्तावको विरुद्धमा एमाले लगायतका दलहरुले आन्दोलन गरिरहेको छ अब सरकारले संशोधन प्रस्ताव फिर्ता लिन्छ भनेर पत्रकारले गरेको एक प्रश्नमा उनले भने,‘मधेशी मोर्चाका नेताहरुसँग छलफल गर्दा यतिसम्मको प्रस्ताव आए मान्छौं भन्ने अनि अहिले विरोध गर्नु त भएन नि ।’
dr-mahat-and-rihi-dhamalaउनले परिवर्ततित समय र समयसापेक्ष सम्बन्धका नयाँ आयामहरुलाई दृष्टिगत गरेर परराष्ट्र नीति ल्याउने तयारी भैरहेको समेत जानकारी दिए । उनले भने,‘कम्प्रिहेन्सिभ रिभ्यु गर्ने तयारी भैरहेको छ ।’ त्यसको लागि एक्सपर्टहरुको एउटा कार्यदल गठन गर्ने र कार्यदलले दिएको रिपोर्टको आधारमा अघि बढ्ने उनको भनाई थियो । उनले भने,‘जुन सरकार आएपनि त्यही फ्रेमवर्कमा आधारित भएर विदेश नीति सञ्चालन हुन्छ ।’
त्यस्तै उनले थिंक ट्यांकलाई स्रोत र साधन उपलब्ध गराउने, रिसर्चको लागि म्यानपावरको व्यवस्था गर्ने लगायतका बारेमा पनि कुरा भैरहेको बताए ।
फरक प्रसँगमा मन्त्री महतले खाली रहेका देशमा छिट्टै राजदुत नियुक्ती गर्ने पनि जानकारी दिए । उनले भने,‘म आँफैपनि विदेश भ्रमणमा गएको थिएँ, यता सरकारको नेतृत्वपनि संविधान संशोधनमा लागिपर्यो, त्यसैले केही ढिलाई भएको हो, अब चाँडै नतिजा आउँछ ।’
सरकारले संविधान संशोधन प्रस्ताव भारतको ईशारमा ल्याएको हो भनेर आरोप लगाईएको छ नि भन्ने प्रश्नमा मन्त्री महतले आक्रोश पोख्दै भने,‘नेपालको राजनीतिक घट्नाक्रमकोबारेमा सबै देशको चासो र चिन्ता छ, चीनको पनि छ, अमेरिकाको पनि छ, युरोपको पनि छ, अनि संयुक्त राष्ट्रसंघको पनि छ, भारतले चासो राख्दा अलि बढि नै संशकित हुने किन ? ।’
उनले पहिलो संविधान संशोधन प्रस्ताव कसको ईशारामा ल्याएको भन्दै एमाले अध्यक्ष ओलीलाई ईंगित गर्दै प्रश्न समेत गरे । महतले भने,‘आफूलाई अवमूल्यन नगरौं ।’ मन्त्री महतले भने,‘नेपालको संविधानलाई भारतले पहिला समर्थन नगर्दा किन गरेन भन्नेहरुपनि थिए, अहिले समर्थन गर्दा किन गर्यो भनेर विरोध गरिरहेका पनि छन् ।’

3250
Shares

ट्रेन्डिङ