सबैको समाचार
आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • ‘हिउँ खेल्न’ गएका दुई किशाेर ११ दिनपछि मृत भेटिए

‘हिउँ खेल्न’ गएका दुई किशाेर ११ दिनपछि मृत भेटिए

6115
Shares
‘हिउँ खेल्न’ गएका दुई किशाेर ११ दिनपछि मृत भेटिए

 

 

गाेरखा : गएकाे ११ दिनदेखि हराइरहेका गोरखाको बारपाकका दुई किशोर मृ त भेटिएका छन् ।

बारपाक सुलिकोट गाउँपालिका १ बारपाक गाउँका १६ वर्षका करण घले र १६ वर्षकै साइँला भनिने सञ्जय घले मृ त भेटिएका हुन् ।

उनीहरू आज आइतवार बेलुका सुलिकोट वडा नम्बर १ को तिम्रा भन्ने ठाउँमा खोँचमा मृत भेटिएका जिल्ला प्र ह री कार्यालय गोरखाका प्र ह री नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले बताउनुभयो ।

घ ट नास्थलको अवस्था हेर्दा उनीहरू हिउँ परेको समयमा डाँडाबाट लडेर खोँचमा पुगी ज्यान गएकाे हुन सक्ने अनुमान गरिएको उहाँको भनाइ छ ।

 

थप अनुसन्धानका लागि जिल्ला प्र ह री कार्यालयका अधिकृतसहितको टोली घ ट नास्थलतर्फ गएको डीएसपी दाहालले बताउनुभयो ।

करण र सञ्जय गएको माघ २० गते बिहान १० बजेतिर हिउँ खेल्न भन्दै घरबाट लाप्राकतर्फ गएका थिए । करण र सञ्जय हिउँ खेल्न भनेर लाप्राकतिर गएको तर घरमा नआएको भन्दै उनीहरूका परिवारले माघ २३ गते प्र ह रीलाई जानकारी गराएका थिए ।

 

6115
Shares

ट्रेन्डिङ