सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कक्षा ११ को परीक्षाफल सार्बजनिक, ५१.७१ प्रतिशत उत्तीर्ण

कक्षा ११ को परीक्षाफल सार्बजनिक, ५१.७१ प्रतिशत उत्तीर्ण

3505
Shares
कक्षा ११ को परीक्षाफल सार्बजनिक, ५१.७१ प्रतिशत उत्तीर्ण

निर्मल धिताल । मंसिर ३०
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल बिहिबार साँझ सार्वजनिक गरेको छ । आज सार्वजनिक भएको नजिताअनासर ५१ दशमलव ७१ प्रतिशत अर्थात १ लाख ३७ हजार ६ सय ५ जना उत्तीर्ण भएको उत्तीर्ण भएको बोर्डले जनाएको छ ।
परीक्षामा २ लाख ६६ हजार १०३ परीक्षार्थी सहभागी थिए । यसअघि मंसिर २१ गते बोर्डले कक्षा एघारको आंशिक तर्फको नतिजा सार्बजनिक गरेको थियो ।
कक्षा ११ को परीक्षामा आँशिकसहित ३ लाख ६९ हजार ४ सय २६ परीक्षार्थी सहभागी थिए । आंशिकको नतिजा अघिल्लो मंगलबार सार्वजनिक भएको थियो । गत बर्ष सम्म नियमित र आँशिकको नतिजा एकैपटक प्रकाशित गर्ने गरिन्थ्यो ।
बोर्डका अनुसार ३३ जनाको परीक्षा रद्द गरिएको छ । परीक्षाफलबारे चित्त नबुझेमा १५ दिनभित्र लब्धांकपत्रको प्रतिलिपिसहित बोर्डमा निवेदन दिन सक्नेछ ।
परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार बोर्डले ११ कक्षामा १ विषयमा अनुत्तीर्ण भएका परीक्षार्लाथीको माघ ८ गते मौका परीक्षाको लिने छ ।
परीक्षाको नतिजा
untitled-2
बाट पत्ता लगाउन सकिनेछ ।

3505
Shares

ट्रेन्डिङ