सबैको समाचार
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • प्रजातन्त्र दिवस : काभ्रेमा सरसफाई अभियान, प्रजिअ पाण्डे आफैँ झाडु लिएर पुगिन् सडकदेखि मन्दिरसम्म

प्रजातन्त्र दिवस : काभ्रेमा सरसफाई अभियान, प्रजिअ पाण्डे आफैँ झाडु लिएर पुगिन् सडकदेखि मन्दिरसम्म

7240
Shares
प्रजातन्त्र दिवस : काभ्रेमा सरसफाई अभियान, प्रजिअ पाण्डे आफैँ झाडु लिएर पुगिन् सडकदेखि मन्दिरसम्म

 

 

काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे झाडु लिएर सरसफाई अभियानमा निस्किएकी छन् ।

 

आज ७२ औं प्रजातन्त्र दिवसको अवसरमा पाण्डेको उपस्थितीमा आज बिहानै मन्दिर परिसर सरसफाई गरिएको छ । पाण्डेसहित विभिन्न कार्यालयका प्रमुख एवं सुुरक्षाकर्मीहरुको सहभागितामा विभिन्न स्थानमा सरसफाई गरेको हो ।

 

 

दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेको संयुक्त आयोजना र जिल्लास्थित अन्य सरकारी कार्यालयहरुको सहकार्यमा हिजो जिल्ला प्रशासन कार्यालय परिसरदेखि मालपोत कार्यालयको परिसरसम्म सरसफाई कार्यक्रम सम्पन्न गरिएको थियो ।

 

हिजो साँझ दिवसको अवसरमा दिपावली समेत गरिएको थियो ।

सरकारी कार्यालय परिसरहरु र आसपासका क्षेत्रहरू सरसफाई गर्ने कार्यतालिका अनुसार आज बनेपामा रहेको चन्देश्वरी मन्दिर परिसरमा सरसफाई गरेको हो ।

 

स्वदेश तथा विदेशस्थित विभिन्न नियोगहरुमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसको अवसर प्रशासनले आज जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको सम्मानमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

 

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

२००७ सालमा राजा त्रिभुवन र राजनीतिक दलहरूको संयुक्त प्रयासमा १०४ वर्षको जहाँनिया राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना गरिएको थियो ।

 

 

 

7240
Shares

ट्रेन्डिङ