सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • खप्तडि बस्नेतको बनभोज सम्पन्न

खप्तडि बस्नेतको बनभोज सम्पन्न

8240
Shares
खप्तडि बस्नेतको बनभोज सम्पन्न

माघ १५ ,बनेपा÷ खप्तडी बस्नेत कल्याणकारी कोष काठमाडौंको आयोजन खप्तडि बस्नेतहरुको वनभोज कार्यक्रम सम्पन्न भएको छ ।काठमाडौको फर्पिङ रहेको कुल मन्दिरको प्रङणाम भएको वनभोज कार्यक्रममा कल्याणकारी कोष सम्रक्षक तथा अध्यक्ष भरत बहादुर बस्नेत ,पुर्ब गृहमन्त्री तथा प्रतिनिधिसभाका सदस्य शक्ति बहादुर बस्नेत,पुर्ब मन्त्री तथा प्रतिनिधि सभा सदस्य टेक बहादुर बस्नेत, प्रदेस सभाका सदस्य नारायण कुमार बस्नेत, त्रिभुवन युनिभर्सिटी प्रोफेसर डा. राम चन्द्र बस्नेत, मुटुरोग बिशेषज्ञ डा. नारायण बस्नेत,बरिस्ठ अधिबक्ता राजु बस्नेत, काभ्रे कल्याणकारी कोषका अध्यक्ष मोहन कुमार बस्नेत, दक्षिणकालि नगरपालिकाको प्रमुख मोहन बहादुर बस्नेत र अप्रा प्रमुख सेनानि सहकुल बस्नेत लगायत सयौं बस्नेतहरुको उपस्थित रहेको थियो ।


कार्यक्रममा बोल्दै पूर्व गुहमन्त्री तथा वर्तमान सांसद शक्ति बस्नेतले विगतमा पूर्खाले राष्ट्रका लागि पुराएको योगदानको पहिचान, रक्षा गर्दै राष्ट्रनिर्माणमा जुट्नुपर्ने बताए । उनले यसप्रकारको पारिवारिक एकताबाट अघि बढ्न ऊर्जा प्राप्त हुने समेत बताए । अर्का पूर्वमन्त्री एवं वर्तमान सांसद टेकबहादुर बस्नेतले यसप्रकारको पारिवारिक एकता र सद्भावबाटै समुदाय र राष्ट्रिय एकता कायम हुने बताए ।


वनभोज कार्यक्रममा समाजलाई योगदान पुराउने विशिष्ट बन्धु ब्यक्तिहरू राष्ट्रिय टेकाण्डो खेलाडि लक्ष्मण बस्नेत र हाण्डबल खेलाडी सुश्री रमिला बस्नेत, र प्रतिनिधि सभा र प्रदेस सभाका सदस्यहरुलाई तथा स्थानिय चुनाबमा बिजय सदस्यहरुलाई समेत सम्मान गरियको थियो । हाम्रो पारिवारिक एकता सद्भाव माया नेपालका हरेक जिल्ला जिल्ला देखि देश विदेश छरिएर रहेका खप्तडि बस्नेत पारिवारिक एकता यसरी नै सफलताको मिलोस भन्दै भेटघाट र छरिएर रहेका बस्नेतहरुलाई एक ढिक्का बनाउनका लागि वनभोज आयोजना गएको कल्याणकारी कोष सम्रक्षक तथा अध्यक्ष भरत बहादुर बस्नेतले जानकारी दिए ।

खप्तडि बस्नेत कल्यानकारि कोषका केन्द्रीय अप्रा सहायक रथि अध्यक्ष चिनियाँ बहादुर बस्नेतको सभापतित्वमा सम्पन्न भएको वनभोज कार्यक्रममा काभ्रे , रामेछाप, काठमाण्डौ, नुवाकोट र उपत्यका बाहिर देखिका बस्नेत बन्धुहरुको समेत उपस्थित थियो । कुल मन्दिरको प्रङगणमा सम्पन्न भएको वनभोज कार्यक्रममा रुद्राक्ष बिरुवाको बृक्षारोपन गरि बन्धु एकता, उत्थान, कुलधर्म र संस्कृति संरक्षण लगायतका उद्देश्य सहित स्थापना भएको कोषले गरेको वनभोज तथा सम्मान कार्यक्रममा सहभागीहरुले घैंटो फुटाउने, डोरी तान्नेसहित नाचगान गरेर रमाइलो गरेका थिए । वनभोज कार्यक्रम ब्यवस्थापन माहासचिब कृष्ण बहादुर बस्नेत र वनभोज कार्यक्रमको सञ्चालन रोटक बस्नेतले गरेका थिए ।

-काभ्रे सन्देश साप्ताहिक बाट

8240
Shares

ट्रेन्डिङ