सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • काभ्रेमा पिङ हाल्ने क्रममा रूखबाट खसेर १ जनाको मृत्यु 

काभ्रेमा पिङ हाल्ने क्रममा रूखबाट खसेर १ जनाको मृत्यु 

22190
Shares
काभ्रेमा पिङ हाल्ने क्रममा रूखबाट खसेर १ जनाको मृत्यु 

काभ्रे । पिङ हाल्ने क्रममा रूखबाट खसेर काभ्रेको भुम्लुमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मृत्यु हुने भुम्लु-६ का ५० वर्षीय गणेश परियार छन् ।

आइतबार बिहान ९ बजेको समयमा पिङ हाल्ने क्रममा रुखबाट खसेर घाइते भएका परियारलाई उपचारको लागि धुलिखेल अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राज कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, उपचारको क्रममा परियारलाई अस्पतालले ११ : ३० बजे मृत घोषणा गरेको हो ।

पोष्टमार्टमपश्चात मृतकका आफन्तले शव बुझेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

22190
Shares

ट्रेन्डिङ