सबैको समाचार
मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • १२ वर्षपछि फरार प्रतिवादी पक्राउ

१२ वर्षपछि फरार प्रतिवादी पक्राउ

910
Shares
१२ वर्षपछि फरार प्रतिवादी पक्राउ

विराटनगर | १२ वर्षअघिको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । सामान्य विवादमा साथीको हत्या गरी फरार रहेको आरोपमा संखुवासभाको धर्मदेवी नगरपालिका-२ का २८ वर्षीय बुद्दे भनिने बुद्धिराज जिमीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले पक्राउ गरेको हो ।

धर्मदेवी नगरपालिका २ का जिमीमाथि २०६८ साल फागुन ३ गते साविक तामाफोक गाउँपालिका–५ (हाल धर्मदेवी-२) का रविन जिमीको हत्या गरेको आरोप छ ।घटनापछि फरार रहेका उनी तीन दिनअघि मात्रै घर आइपुगेका थिए ।

घर पुगेको सूचना पाएपछि पुगेको प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । उनका अनुसार युवतीको विषयमा विवाद हुँदा रामकुमार जिमी,बुद्धिराज जिमीसहितले रविनको हत्या गरेको अभियोग छ । घटाना हुँदा जिमी १६ वर्षको मात्रै थिए ।

घटनापछि फरार रहेका जिमी धरान र काठमाडौँ बस्दै आएका थिए । पेन्टिङको काम गर्ने उनी यसअघि घर नपुगेको प्रहरीको भनाइ छ । घटनापछि घर बाहिरै बसेका उनले ६ वर्षअघि विहे पनि गरेका थिए । घटनाको १२ वर्षपछि तिहार मान्नका लागि घर पुगेका बेला उनी पक्राउ परेका हुन् ।

हत्या अभियोगमा पक्राउ परेका उनलाई शुक्रबार अदालतमा उपस्थीत गराइएको डिएसपी श्रेष्ठले बताए । बयानपछि अदालतले उनको विषयमा फैसला गर्नेछ ।

910
Shares

ट्रेन्डिङ