सबैको समाचार
मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • माइतीघरमा निषेधाज्ञा विरुद्ध सर्वोच्चमा रिट

माइतीघरमा निषेधाज्ञा विरुद्ध सर्वोच्चमा रिट

1075
Shares
माइतीघरमा निषेधाज्ञा विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।

नेपालले नागरिकले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउनुपर्ने र स्थानीय प्रशासनको निर्णय बदर गरी निषेधाज्ञाको निर्णय खारेज हुनुपर्ने माग राखेका छन् ।

जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म माइतीघर-बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेका थिए ।

1075
Shares

ट्रेन्डिङ