सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बल्खु चोकमा ढुंगामुढा र तोडफोड 

बल्खु चोकमा ढुंगामुढा र तोडफोड 

695
Shares
बल्खु चोकमा ढुंगामुढा र तोडफोड 

काठमाडौं । काठमाडौंको बल्खु चोकमा बल्खुमा झडप र ढुंगामुढा भएको छ ।

ढुंगामुढाबाट  केही बाइक र गाडीमा क्षति पुगेको छ भने केही संरचनामा क्षति पुगेको छ  ।कालीमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो ।

अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ । 

दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ । त्यही बेला युवासंघको र्‍याली बल्खुमा पुगेको थियो । युवा संघले भने तीनकुनेमा प्रदर्शन गर्दैछ ।

695
Shares

ट्रेन्डिङ