सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काभ्रेमा अनलाईन मार्फत ठगी गर्ने पक्राउ

काभ्रेमा अनलाईन मार्फत ठगी गर्ने पक्राउ

730
Shares
काभ्रेमा अनलाईन मार्फत ठगी गर्ने पक्राउ

काभ्रे : काभ्रे प्रहरीले अनलाईन मार्फत ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

बौद्ध धर्मवलम्बीहरुको प्रसिद्ध धार्मिक तीर्थस्थल नमोबुद्धको गुम्बामा अध्ययन गर्दै आएका १७ बर्षीय कर्मा तेन्जेन गुरूङलाई अनलाईन मार्फत ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दार्चुला जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर ६ घर भई हाल काठमाडौंको शान्तीनगर बस्दै आएका भुवन सिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

सिंहले फेसबुक म्यासेन्जर मार्फत सामसुङ मोबाईल र अन्य सामानहरू सस्तो मुल्यमा दिने प्रलोभनमा पारेर कर्मा तेन्जेन गुरूङसँग १९ लाख रुपैयाँ ठगी गरेको पाइएको छ ।

पक्राउ परेका सिंहलाई ठगी मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

730
Shares

ट्रेन्डिङ