सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • व्यापारमै म रमाएर बस्ने मान्छे हो तर मलाई गुन्डाको ट्याग लगाईदिए: सत्यमान लामा (भिडियो )

व्यापारमै म रमाएर बस्ने मान्छे हो तर मलाई गुन्डाको ट्याग लगाईदिए: सत्यमान लामा (भिडियो )

1165
Shares
व्यापारमै म रमाएर बस्ने मान्छे हो तर मलाई गुन्डाको ट्याग लगाईदिए: सत्यमान लामा (भिडियो )

सत्यमान लामा भन्ने बित्तिकै एकदमै गुन्डागर्दी पृष्ठभूमीको सधैं गुन्डागर्दीमा तपाईको नाम जोडिन्छ नि ?

जसले गुन्डागर्दीको पृष्ठभूमी भनेर लेखिराख्नुभएको छ, वास्तवमा म गुन्डागर्दी गर्ने खालको मान्छे हैन । सानोतिनो व्यवसाय गरेर बस्ने मान्छे हो । अनलाइन न्यूजहरुदेखि विभिन्न राज्यको चौंथो अंङ्ग भन्नेहरुले नै सत्यमान लामा गुन्डा हो, गुन्डाको नाइके हो भनेर लेख्छन् तर वास्तवमा सत्य लामा त्यस्तो हैन । सत्यमान लामा सामान्य बुद्धचित्त मालाको व्यवसाय गर्ने गर्ने व्यक्ति मात्र हो ।

जसले गुन्डागर्दीको तपाइँलाई आरोप लगाउँछन् , यो आरोप तपाईँलाई नै किन लाग्ने गर्छ ? तपाईँको त्यो सँग संलग्नता भएर हो की ?
वास्तवमा मलाई यो गुन्डागर्दी भन्ने नै थाहा छैन । गुन्डागर्दी कसरी गर्नुपर्छ भन्ने नै थाहा छैन । अहिलेसम्म मैले कसैलाई धम्क्याको पनि छैन , कसैलाई अपराध गरेको पनि छैन । म सानोतिनो व्यापार गरेर बस्छु , व्यापारमै म रमाएर बस्ने मान्छे हो तर मान्छेले मलाई गुन्डाको ट्याग लगाईदिएका छन् । म कसरी गुन्डा भएँ म आफैलाई थाहा छैन ।

तपाईले राजनीतिक पृष्ठभूमीको आडमा राजनीतिक सत्ताको आडमा यो खालको क्रियाकलाप गर्छन भनिन्छ त्यो तपाइंलाई राजनीतिक शक्ति केन्द्रको राम्रो आर्शिबाद हो ?
कसैको अहिलेसम्म मैले आर्शिबाद पनि पाएको छैन राजनीतिक शक्ति केन्द्र भनेको के हो भन्ने कुरा पनि मलाई थाहा छैन । म जतिको सामान्य मान्छेलाई राजनीतिक शक्ति केन्द्रको आडमा सबै काम गर्छ भन्नु एकदमै गलत हो । आरोप लगाउनेलाई नै थाहा होला । वास्तवमा मलाई यो सबै कुराहरु थाहा छैन ।

पछिल्लो पटक जुन काभ्रेको रोशी गाउँपालिकाको वडा नं ५ मा बुद्धचित्तको रुख काटियो त्यो रुख सत्यमान लामाले किन्ने गरी सम्झौता गरिसकेको र सत्यमान लामासँगको व्यक्तिगत रिसिभिकै कारण त्यो रुख काटियो भन्ने कुरा आइराखेको छ के हो ?

यो रुख काटेको हो । विगतमा पहिला आजभन्दा ५,६ वर्ष अगाडि त्यो रुखबाट मैले माला ल्याएको हो । तर ५,६ वर्ष पछि अहिले मैले सम्झौता गरेको हो । जुन म आफैंले सम्झौता गरेको हैन कि मेरो आफ्नै भाई पासाङ तामाङ , मेरो भाई संयोग त्रिपाठी र शेरबहादुर तामाङ म आफैं बसेर ३ जनाले सम्झौता गरेको हो । यस वर्षको लागि यस वर्ष ल्याउनका लागि सम्झौता गरेको हो । विगतमा पहिला पाँँच वर्ष मैले काम नगर्दा मैले घर धनीलाई तोकेको रकम र उनीहरुको मूल्यमा किन्न नसक्दा , अरु कुनै व्यक्तिले किनेको अवस्था हुँदा मैले कसैसँग झैझगडा नगरि म आफैं चुप लागेर बसेको हुँ ।

तर वास्तवमा यसपालि म आफैं बसेर सम्झौता गरेकोमा अपराधिक पृष्ठभूमि भएकोहरुले यो तरिकाको अपराध ग¥यो कि जुन सबै कुरा नष्ट गर्ने काम गरियो । तर विगतमा मैले नपाउँदा कहिले त्यस्तो काम गरिनँ । तेमालमा सबैभन्दा सुरुमा मालाको व्यवसाय गरेको व्यक्ति मै हो । चाइनासम्म लगेर बेचविखन गर्ने व्यक्ति र चाइनामा यो माला के हो भनेर चिनाउने व्यक्ति पनि मै हो । तर मैले नपाउँदा मैले कहिल्यै यस्तो दुश्मनी कोहि सँग राखिन ।

मैले पाइँन त्यसमा म खुसी छु मैले किन्न सकिन , मैले गर्न सकिन त्यसमा म आफैं सन्तुष्ट छु भनेर बसेँ तर अहिले आएर जुन अपराधिक पृष्ठभूमिका व्यक्तिहरुले रुखनै नष्ट गरिदिएको अवस्था छ । यस्ता अपराधिहरुलाई राज्यले छोड्नु हुँदैन । यदि यो देशमा कानुन छ भने अपराधिलाई कडा भन्दा कडा कारबाहि गरेर कानुनी कठघरामा उभ्याउने काम गर्नुपर्दछ ।


आफ्नै बारीमा भएको बुद्धचिक्तको मालाबाट वार्षिक कतिको आम्दानी गर्नुहुन्छ ?
त्यो चाँहि समय र मौसममा भर पर्छ । कहिले कहिले ५० लाख आउँछ , कहिले १ करोड आउँछ , कहिले १० लाख पनि आउँछ कहिले शुन्य पनि हुन्छ । मौसमसँग हामिले च्यालेन्ज गर्न सक्दैनौं । यो मौसममा भर पर्ने कुराहरु हो त्यसैले यति नै आउँछ भन्ने छैन ।

तपाइंसँगको व्यक्तिगत प्रतिशोध नै साटेका हुन् ?
व्यक्तिगत प्रतिशोध भन्ने कि के भन्ने त्यो कुरा त्यत्ति थाहा भएन तर अपराधि मनसायका मान्छेहरु धेरै भएपछि यस्तो हुनेरैछ । किनभने मान्छेले गरेको देखिनसहनु, मान्छेले गरेको ठाउँमा आँखा लाग्नु, हाम्रो गाउँघर र समाजमा चाँहि यस्तो अपराधिक पृष्ठभूमि भएका मान्छेहरु धेरै रैछन् तर यि अपराधिहरुलाई कडा भन्दा कडा कारबाहि गर्नुपर्छ ।

तपाइँलाई कसैमाथि शंका छ ?
शंका त छ । आठ जना संलग्न व्यक्तिहरुको हामिले किटानी जाहेरी दिईसकेका छौं । उनीहरुलाई समातिसकेपछि कसकसको संलग्नता छ राज्यले छुट्याउँछ ।

काटिएको बुद्ध चित्तको रुख कतिमा र कति वर्षसम्मका लागि सम्झौता गर्नुभाथ्यो गर्नु भएको थियो ?
वार्षिक सम्झौता गर्ने शर्तमा पाँच वर्ष सम्मका लागि निरन्तर गर्ने भनेर मौखिक ९० लाखको धनीसँग सम्झौता गरेका थियौं ।

यो बाहेक तपाईले काभ्रे जिल्लाका अन्य बुद्धचित्तको माला पनि लिने गरि कतै सम्झौता गर्नुभएको छ ?
म आफैं खेति गर्ने भएकोले यो बाहेका मैले सम्झौता गरेको छैन । अहिले मेरो घरमा पनि फलिराखेको छ । धेरै ठाउँमा यस्ते बहुमुल्य रुख हुँदैन । काभे्रमा बुद्धचित्तकै शान भनेर चिनिने २-४ वटा मात्र बोट छ ।

कुनै प्रकरणहरुमा जबजब सत्यमान लामाको नाम जोडिन्छ त्यहाँ चाँहि पूर्व प्रतिनिधिसभाका सांसद तथा क्षेत्र नं १ का नेता नविना लामाले सत्यमान लामालाई सधैं संरक्षण गर्नुहुन्छ , तपाईको व्याकग्राउन्डमा नविना लामाले संरक्षण गर्नुहुन्छ भन्ने गरि हल्ला आउँछ के छ त यसमा ?

नविना बैनि मेरै क्षेत्रको माननीय ज्यू हुनुहुन्छ । पूर्व माननीय ज्यू हुनुहुन्छ । नविना मात्र नभएर मेरो क्षेत्रमा धेरै जना माननीय ज्यूहरु हुनुहुन्छ । एउटै क्षेत्र भएको हुनाले उहाँहरु सबैसँग मेरो राम्रो सम्बन्ध छ तर मिडियाले राज्यको चौंथो अंङ्ग भन्ने मिडियाहरुले मेरो र बैनीको विरुद्धमा लेखेर सत्य लामा गुन्डा , सत्य लामा आतङ्कवादी भन्ने भ्रम फैल्याएका छन् । मैले कहाँ चाँहि आतङ्क फैल्याएँ ? त्यो कुरा चाँहि राज्यले हेर्नुपर्छ । मैले यदि आतङ्क मच्याएको भए राज्यले मलाई कारबाहि गरिसक्नु पर्त्यो नि त । हावा तालमा अनलाइन तिर मेरो नाम छापेको छ । मैले वास्तवमा गरेको केहि छैन ।

तपाईंको नाम जोडिएर या तपाईंलाई प्रहरीले हिरासतमा राख्दा नविना लामा छुटाउन आएका खबरहरु नि बेला बेलामा आइरहन्छन नि ?

म काभ्रेको बासिन्दा हो । उहाँ काभ्रेको पूर्व सांसदको हैसियतले के भएछ भनेर सोधपुछको लागि आउनुभएको हो ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?
जसजसले मलाई गुन्डाको ट्याग लगाउनुभएको छ । उहाँहरुलाई म के भन्न चाहान्छु भने वास्तपमा म सत्य लामा भन्ने व्यक्ति गुन्डागर्दि गर्ने खालको पृष्टभूमि भएको मान्छे पनि हैन र मैले अहिलेसम्म कसैलाई केहि गरेको पनि छैन । आफ्नो सानोतिनो व्यवसाय गर्छु । साधारण जिवन बिताउँछु । काभ्रे तिरै फल्ने बुद्धचित्त मालाको खेती किसानी गर्छु र आफ्नै घरको बारीमा लगभग २०० भन्दा बढी बिरुवा उब्जनी गरेको छु । त्यसलाईनै मैले चाइनामा लगेर बेच्ने गर्दछु ।

त्यो भन्दा बाहिर अरु के के व्यवसाय छन् ?
अहिले मेरो बुद्धचित्तको मालाको मात्र व्यवसाय हो । अरु केहि छैन ।

1165
Shares

ट्रेन्डिङ