सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • नेपालीहरु आत्मनिर्भर भइरहेको चिजमा फेरी विदेशी लगानी गर्न दियौं भने त्यसले नेपाली लगानी डुबाइदिन्छ : सुरकृष्ण वैद्य

नेपालीहरु आत्मनिर्भर भइरहेको चिजमा फेरी विदेशी लगानी गर्न दियौं भने त्यसले नेपाली लगानी डुबाइदिन्छ : सुरकृष्ण वैद्य

745
Shares
नेपालीहरु आत्मनिर्भर भइरहेको चिजमा फेरी विदेशी लगानी गर्न दियौं भने त्यसले नेपाली लगानी डुबाइदिन्छ : सुरकृष्ण वैद्य

देशका ठूला बैंकहरुमा ५ खर्व भन्दा बढी रकम जम्मा भईसकेको छ व्यवसायीहरु बैंकमा कर्जा लिन किन गइरहेका छैन ?

अहिले जुन तरिकाले आर्थिक मन्दीभयो, मन्दी भइ सके पछि विश्व सचेत भयो सचेत भइसके पछि अब नेपालमा पनि आर्थिक संकट आउन सक्छ कि भन्ने कुरा भयो ।

नेपालमा धेरै मौद्रिक नितीहरुको राष्ट्र बैंकले धेरै टाइट ग¥यो टाइट गरेको कारणले गर्दा धेरै सेक्टर विजेनेसमा धेरै फ्लो कमभयो । फ्लो कमहुने बित्तिकै धेरै कुराहरुमा फ्रिज भयो ।

पैसाको चलखेल भएन , पैसाको आम्दानी भएन , आम्दानी नभएपछि खर्च गर्न सक्ने अवस्था पनि रहेन त्यसले गर्दा व्यवसायीहरु धेरै पलाएन भइसकेको अवस्था छ । उद्योल व्यवसायहरुमा जति पनि व्यवसायहरु बिक्री हुँदै गयो, व्यापार व्यवसाय बढ्दै गयो भने मान्छेले अझ धेरै लगानी गरु भन्ने सोचले लगानी गर्ने हो ।

ठूलो लगानी गर्न बैंकमा जानुपर्छ । बैंकमा जुन स्तरमा काम गरेको त्यो भन्दा आफ्नो काम वृद्धि गर्दै जानको लागि बैंकमा जाने टे«ण्ड छ , त्यो स्थिती देखि टे«ण्ड रोकेको अवस्था छ । व्यापार व्यवसय ठप्प छ । कसैले खरिद गर्न सक्ने क्षमता मान्छेको धेरै कम भइसकेको छ ।

कुनै पनि निर्माणहरु भइरहेको अवस्था छैन , देशले चालु खर्चहरु जस्तै विकास निर्माणका बजेटका खर्चहरुमा पनि सबै पैसा खर्च गर्न सकिरहेको अवस्था छैन त्यसले गर्दा जति पनि बजारमा आर्थिक चलायमान हुनु पर्ने कुराहरु चलायमा नभईरहेको छैन त्यसले गर्दा नयाँ कामहरु मान्छेले गर्न दिक्क मानिरहेको छ किनभने हिजोको दिनमा जति पनि ऋण लिए अथवा आफ्नो हिसावमा काम गरिरहेको व्यवसायीहरुको व्यापार व्यवसाय अहिले ३० देखि ४० प्रतिशत हाराहारीमा मात्र चलिरहेको अवस्था छ । त्यसले गर्दा हिजोको दिनमा जुन व्यापार व्यवसायहरु भइराखेको छ त्यसलाई दिगो गनलाई पनि मान्छेलाई व्यवसायीहरुलाई धौधौ परिरहेको छ । अब नयाँ व्यवसाय गर्न सक्ने अवस्था छैन ।

व्यवसायीहरुले जुन सामान उत्पादन गर्छन त्यो माग नै कम भएर बजार कम भएको हो की , मागहरु श्रृजना गर्न के के उपायहरु हुन सक्छन् ?

पहिला त हामी बैंक व्याज बढी भयो भन्ने कुरा गथ्र्यौं । बैंक ब्याज बढी भएको कारणले गर्दा हामीले अब हामीदिगो हुँदैनौं भन्ने कुराले गर्दा मान्छेले ले लगानी गर्न डरायो र त्यसो गर्दा गर्दै लगभग एक दुई वर्ष नै भइसक्यो एक डेढ वर्ष सम्म नेपाल उद्योग वाणिज्य संघले निरन्तर रुपमा प्रयास गर्दा गर्दै , नेपाल सरकार, राष्ट्र बैंकसँग धेरै कुराहरु छलफल गर्दै , हाम्रो प्रस्तावहरु राख्दै गर्दा तेस्रो मौद्रिकनीति आउँदा थुपै्र मान्छेहरु थिए ।

कामहरु नभइराखेको कारणले गर्दा उनीहरु पनि घर फर्किसकेको अवस्था छ । त्यो कारणले गर्दा व्यापार व्यवसायहरु बढ्न सकेको अवस्था छैन र स्थिती गम्भीर छ पब्लिकसँग करेन्सि नभएको कारणले गर्दा व्यापार व्यवसायहुन सकेको छैन र अब त्यत्ति बढ्न सक्ने अवस्था देखिँदैन । बैंकमा तरला त बढेको छ । राम्रो र सकारात्मक कुराहरु आएको छ तर जति तरलता भए पनि आफ्नौ व्यापार नै छैन भने हामीले किन ऋण लिएर काम गर्ने भन्ने कुरा हो ।

सरकारले लगानी सम्मेलनको तयारी गर्दै छ । यो लगानी सम्मेलनबाट बाह्य लगानी ल्याउने सरकारको योजना छ । त्यो कसरी सम्भव रहला त ?
अहिले धेरै कुराहरु आएको छ । यो पटक चाँहि पहिलेको लगानी सम्मेलनमा लगभग धेरै देशहरुले पहिला आएर इन्ट्रेस्ट देखाउनु भएता पनि धेरै लगानीहरु भइरहेको अवस्था छैन । एक दुईवटा कम्पनीहरुले मात्र लगानी गर्नुभएको छ । तर अहिलेको अवस्थामा २६, २७ वटा राष्ट्रहरुले आउने कुराहरु गर्नुभएको छ लगभग १६५ वटा कम्पनीहरु इच्छुक हुनुहुन्छ त्यले गर्दा खेरी लगानी सम्मेलनको लागी नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट पनि हाम्रो अध्यक्ष ज्यू लगायत पदाधिकारीहरु सबै पूर्ण रुपमा सहयोगमा छौं र हामीठाउँ ठाउँमा गएर लगानी सम्मेलनको लागि पनि हाम्रो महासंघ बाट आव्हान गरिरहेका छौं ।

लगानी सम्मेलन गर्दैगर्दा हामी कहाँ लगानी सम्मेलन गर्न नीतीगत ऐनहरु परिवर्तन गर्नुपर्छ । १२ वटा ऐन परिवर्तन गर्नुपर्छ भनेर वाणिज्य महासंघले संसोधन प्रस्ताव पेस गरेको थियो । त्यसमा निरन्तर उहाँहरुको प्रयास भईरहेको छ । कानुन मन्त्रालयबाट ऐन कानुनकहरु परिवर्तन गर्ने भन्ने कुरा पनिभएको छ ।

त्यसो भयो भने चाँहि सम्भव छ नत्र सम्भव छैन किनभने कुनैपनि देशका व्यवसायीहरुलाई हामीले आउआउ भन्न पर्दैन । उहाँहरुले विश्वका सबै मार्केटहरु हेरिराख्नु भएको हुन्छ । जुनमार्केट सुरक्षित छ जुनमार्केट राम्रो छ त्यो मार्केट उहाँहरु खोजीखोजी जानुहुन्छ र हामीकाम गर्छौ भनेर उहाँहरु आउनुहुन्छ । हामीले लगानी सम्मेलनको लागी बोलाइरहेका छौं ।

हामी संसोधन गर्छौं भनिरहेका छौं तर त्यो संसोभज गर्न सकेन भने र विदेशिलगानीकर्ताहरुको वतावरण राम्रो गर्न सकेन भने चाँहि यो सम्मेलन मात्र रहने छ र अर्को कुरा के छ भने अहिले जतिपनि नेपाल सरकार र हाम्रा एफएनसी साइट र हामी बिजनेस सेक्टरका साथीहरु एकदमै उत्साहितभएका छौं ।

यो लगानी सम्मेलनले एकदमै राम्रो हुन्छ भन्ने हामीले सोचेका छौं । लगानी सम्मेलनको मुख्य कुरा के छ भने हामी नेपालीहरुले गरिरहेको उद्योग वाहामीले गर्न नसकेको उद्योग दुईवटामा फरक सरकारले छुट्ट्याउनपर्छ । हामी नेपालीहरुले गरिरहेको उद्योगमा र लगानी गरि रहेको चिजहरुमा हामी नेपालीहरुले दिगो भइरहेको र नेपालीहरु आत्मनिर्भर भइरहेको चिजमा फेरी विदेशी लगानी गर्न दियौं भने त्यसले नेपाली लगानी डुबाइदिन्छ । हामी के चाहान्छौं भने नेपालीहरुले गरेको लगानीलाई छुट्टै पार्टमा राख्नेहो भने त्यसले अझै राम्रो गर्न सक्छ ।

देशमा अन्तराष्ट्रियीकरण गर्न सक्ने चिजमा मात्र विदेशी लगानीकर्ताहरुलाइ लगानी गर्न दिनुपर्छ । यसले के गर्छ भने हामीले गर्न सक्ने चिज र व्यवसायपनि सुरक्षित गर्छौं र हामीले गर्न नसकेको ठुुलाठुला आयोजनाहरु विदेशी लगानी कर्ताहरुले गरोस भन्ने हाम्रो चाहाना छ ।

ठ्याक्कै लगानी नबढ्नुको कारण ?
यसको लगानी नबढ्नुको मुख्य कारणभनेको अहिले खरिदकर्ता नै कम्जोर अवस्थामा छन् । कन्जुमर त छ हामीसँग केहि विदेश गएता पनि केहि आउने क्रमममा पनि छन् । त्यसमा के छ भने विदेश बाट आएर बस्ने , डेरा लिएर काम गरेर बस्ने साथीहरु पनि बाहिर जानु भएको छ ।

त्यसले गर्दा जति पनि नेपाली दाजुभाईहरुले गर्नपर्ने कुराहरु खर्च गर्न सक्ने क्यापिसिट चाँहि कम भएको छ । हिजोको दिनमा हामिले लगभग तीन वर्ष तिर्ने व्याज एकै वर्षमा तिर्नपरेको अवस्था भयो , व्यवसायीहरुको समस्या पनि त्यस्तै छ ।

व्याज तिर्दा तिर्दा अहिलेको अवस्थामा व्यापार पनि घटिरहेको छ र व्याज पनि बढिरहेको कारणले गर्दा तीन वर्ष यति समस्या ग्रस्त रयो त्यसले गर्दा व्यापार र व्यवसाय जसले गर्दा पनि गरिराख्नुभएको छ उहाँहरुले अलि अलि खर्च गर्ने हो । तर उहाँहरु व्यापार , व्यवसाय , सानो तथा मज्यौला व्यवसायहरुको हालत पनि खराब छ त्यसले गर्दा अरु चिजमा लगानी गर्न सक्ने खरिद गर्न सक्ने , केहि रमाइलो गर्न सक्ने , हरेको बिलासिताको कुराहरु भयो , हरेक आवश्यकताका कुराहरु भयो धेरै कन्ट्रोल गरेर खर्च गर्नुपर्ने अवस्था रहेको छ भने जनताहरुको पैसा अब अलि अलि बैंकमा राखेको अवस्था छ । सहकारीहरुमा पनि राखेको अवस्था छ ।

धेरै सहकारीहरुमा पनि पैसा फसिरहेको अवस्था छ त्यसले गर्दा पनि पब्लिकको पैसा त्यति चलखेल हुन सकेको छैन । मलाई जहाँ सम्म लाग्छ नेपालमा जितपनि युवाहरु छन् खाडीमुलुकमा जाने हामीलाई रेमिट्यान्स पठाउने उहाँहरुको पैसा चाँहि हामीकहाँ धेरै आएको देखिन्छ तर हामीसँग भएका हाम्रा सन्ततिहरु जतिपनि विदेश गइरहेका छन , जतिपनि युरोप, अमेरिका गइरहेका युवाहरु छन् उनीहरुले उल्टो हामीसँग चाँहि लगिरहेको अवस्था छ । किनकी यहाँ दिगो हुन गाह्रो छ । घर किन्नु पर्यो , बच्चाहरु पढाउन पर्यो त्यहाँको किस्ताले धान्न सक्ने अवस्थाले गर्दा नेपालबाट पैसा पठाउनु पर्ने अवस्था छ ।

खाडी मुलुकमा जानेहरुले चाँहि रेमिट्यान्स बढाएको छ भने अमेरीका, युरोप जानेले उल्टो पैसा लगिरहेको अवस्था छ । त्यसो हुनाले आफ्ना छोराछोरीहरुो लागि आफुसँग भएको अलिअलि पैसा व्यवस्थापन गर्न लागिपरेको कारणले गर्दा पैसा त्यत्ति चलखेल भइरहेको अवस्था छैन । मान्छेले त्यति व्यवसाय बढाउन सक्ने अवस्था पनि छैन । मुख्य कारण मौद्रिक निती र चालु पूँजी नीतिमा पनि हामीले रोकेको कुराहरुलाई हामीले औंलाइ राखेका छौं । हामीले घरजग्गा कारोबार र सेयर कारोबार नेपालको अनउत्पादक चिज हैन भन्ने धारणा हाम्रो रहेको छ ।

जस्तै सरकारले यी दुईवटा चिज उन्उत्पादन चिज भनेको छ । यो अउत्पादक चिज हैन । उत्पादन गरेर अझ थप टेवा दिने चिज हो भनेर हामीले भनेका छौं । किनकी नेपाल जस्तो देशमा हामीसँग कुनै ठूलो खानीहरु छैन । विकास निर्माणका अन्य ठुलो कुराहरु केहि पनि छैन हामीसँग भएका जनताहरुको क्यापासिटि र हाम्रो दिमागमा के छ भने घर जग्गा कारोबार र सेयर कारोबार गरेपछि यसमा सबै नेपालीहरु जोडिन्छ किनभने सियर कारोबारमा कात्र ६० लाख सेयरहोल्डरहरु छन् ।

त्यस्तै घरजग्गा कारोबार गर्ने त्यत्तिकै छ । एउटा कर्मचारीले आफ्नो तलबले भ्याएन भने उसले साइड विजनेस गर्छ सेयर कारोबार र घरजग्गा कारोबार राजनितिक दलका नेताहरु देखि सबै जनता देखि लिएर व्यवसायी , कर्मचारी देखि लिएर सबैले साइड विजनेसको रुपमा जुन कारोबार गर्दा धेरैलाई यसमा राम्रो भइरहेको अवस्था थियो ।

यसमा समस्या नै के भयो भने घरजग्गा कारोबार र सेयर कारोबारमा सबैको जब लगानी भइरहेको थियो त्यसमा राष्ट्रले टाइट नीति ल्यायो त्यो टाइट नीति ल्याइसकेपछि सबैको पैसा त्यहाँ फस्यो हिजो एक करोड भएको सेयको पूजी अहिले २० लाखमा पुग्यो मान्छेले घटेको मात्र पूजीको हिसाब गर्दा धेरैको विश्वास घटेको छ । सेयर कारोबार घर जग्गा कारोबार नराम्रो चिज हैन राम्रो चिज हो यसलाई कन्ट्रोल चाँहि गर्नुपर्छ ।

लापरबाहि तरिकाले छोड्नु पनि हुँदैन । जसरी हामीले व्यवसाय गर्दा वर्षको कति आम्दानी हुन्छ त्यसको धेरै रकम निकाल्न सक्दैनौं किनकी त्यहाँ उधारो गैरहेको हुन्छ हरेक कुरा हुन्छन् । सेयर कारोबार र घर जग्गा कारोबार यस्तो कारोबार हो त्यहाँ लगानी गरेको र नाफा आएको चिज हामीले अरु सेक्टरमा लगानी गर्न चाह्यौं भने छिटो भन्दा छिटो पैसा निकालेर अरु क्षेत्रमा लगानी गर्न सक्छौं ।

हामीले आम्दानी गरेर हाइड्रो पावरमा लगानी गरौंला, टुरीजममा लगानी गरौंला , सिमेन्ट फ्क्ट्रीमा लगानी गरौंला जो लगानी गर्ने व्यक्ति हो त्यो सबैले सेयरमा कारोबार गरेर त्यहाँबाट निस्केको पैसा अरु ठाउँमा लगान गर्ने हो त्यसैले सेयर कारोबार र घरजग्गा कारोबार अनउत्पादन चिज हैन उत्पादन गर्ने वस्तुहरुलाई अझ टेवा पु¥याउने वस्तुको रुपमा यसलाई ल्याृउनु पर्छ भन्ने कुरा छ । नेपाल सरकार र राष्ट्र बैंकहरुले पनि धेरै नीतिहरु ल्याइसकेको अवस्था छ । जबसम्म सेयर कारोबार खुकुलो गरेर चल्दैन तबसम्म आर्थिक चलखेल, व्यवसाय विकास गर्ने कुराहरुमा अगाडी बढ्न सकिंदैन ।

देशको ठूलो पूजी पलायन भइरहेको छ । अब चाँहि पूजी पलायन हुने अवस्था कत्तिको छ ?
पूजी पलायन ठूलो सेक्टरमा कसरी जान्छ हामीलाई पनि थाहा छैन । हरेक परिवारको एउटा सदस्य विदेशमा छ त्यो कारणले गर्दा हरेक छोरा छोरीको लागी विदेशमा पूजी पठाईरहेको अवस्था छ । हामिले सरसर्ती हेर्दा जुन पैसा विदेश गइराखेको त्यसले गर्दा पनि पूजी पलायन बढी भइरहेको जस्तो लाग्छ ।

खाडी मुलुकमा जानेहरु र हाम्रो रेमिट्यान्स ति पनि बढी आउने छ खाडी मुलुक र सम्रान्त देशहरुले गर्दा पूजी पलायन भरहेको अवस्था देखिरहेको छ । यो निरन्तर रुपमा चलिनै राख्या छ । यहि स्थिती नेपालमा भइराख्यो या लगानी गर्ने वातावरण भएन , जुनसुकै क्षेत्रमा लगानी गर्दा पनि डुब्ने हो भने मान्छे यहाँ किन लगानी गरेर बस्छ ? आफ्नै सन्ततीहरु बाहिर भइराखेको कारणले गर्दा उतैतिर मान्छेलाई इन्ट्रस्ट भएर लगानी उतै बढिरहेको जस्तो लाग्छ । यो प्रक्रिया नेपालको स्थिती जबसम्म नर्मल तरिकामा आउँदैन, जबसम्म आर्थिक क्रान्तिहरु आउँदैन तब सम्म यो प्रक्रिया चल्छ जस्तो लाग्छ ।

अन्त्यमा ?
नेपाल सरकार, नेपाल राष्ट्र बैंक र हामी, राजनितिक दल, जनाता सबैको एउटा मात्र चाहाना नेपाल समृद्ध हुनु पर्छ भन्ने चाहाना हो । नेपाल समृद्ध हुनको लागी हाम्रो मात्र जिम्मेवारी हैन । नेपाल उद्योग वाणिज्य महासंघ लगायत , नेपालमा भएका ठुला प्राइभेट सेक्टरका जति पनि साथीहरु छौं । हामीले निरन्तर रुपमा आवाज उठाइरहेका छौं । व्यासायीहरुको हक हितको कुराहरु , व्यवसायीहरुलाई धेरै दुख नदिने कुराहरु ।

हामीलाइ एउटा मर्यादा मा रहने कुरादेखि लिएर हामी सम्मानका साथ लिन चाहान्छौं । हामीलाई गर्ने व्यवहारका कुराहरु देखि लिएर सबैकुरामा हामी जानकार छौं । हाम्रो भनाइ के छ भने जबसम्म राम्रो सँग व्यवसाय चल्दैन उद्योग चल्दैन तब सम्म चाँहि राज्य पनि अघि बढ्न सक्दैन अहिले जपत पनि राजश्वहरु उठिरहेको छ १७ खर्बको जुन बजेट छ त्यसमा १२ खर्ब राजश्वबाट उठ्ने जुन देश छ त्यसमा ८१ प्रतिशत व्यवसायीबाट आउने देशमा हामीले भन्ने हुरामा भन्दा पनि राज्यले सोचेर मात्र अगाडि बढ्नुपर्छ हामी हरेक नेतृत्व वर्ग आउँछौं तर कराउने काम मात्र भइराखेको छ हामीले राज्यको कुनै पनि सुविधाहरु चाँहिदैन , हामीलाई पैसा सहयोग गर्नु पर्ने अवस्था पनि छैन हामी काम गर्छौं ।

हामीलाई काम गर्ने वातावरण दिनुप¥यो । हामीलाई राम्रो सुझाव दिनुपर्यो । हामीले गल्ती गरेको कुरा मात्र खोतल्ने हैन की हामीलाई राम्रो सुझाव पनि दिनुपर्यो ।

745
Shares

ट्रेन्डिङ