सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • अपराधी गतिविधिमा संलग्न व्यक्ति पक्राउ गरेको खुसीमा  पेस्तोल खेलाउँदा प्रहरी जवान घाइते

अपराधी गतिविधिमा संलग्न व्यक्ति पक्राउ गरेको खुसीमा  पेस्तोल खेलाउँदा प्रहरी जवान घाइते

605
Shares
अपराधी गतिविधिमा संलग्न व्यक्ति पक्राउ गरेको खुसीमा  पेस्तोल खेलाउँदा प्रहरी जवान घाइते

अपराधी गतिविधिमा संलग्न व्यक्ति पक्राउ गरेको खुसीमा महोत्तरीमा प्रहरी चौकी इन्चार्जले पेस्तोल चलाउँदा गोली लागेर एक प्रहरी जवान घाइते भएको घटना सार्वजानिक भएको छ ।

समाचार स्रोतका अनुसार यो घटना गत कात्तिक ३० गते रातिको हो । घटना ढाकछोप गर्न असईले यादवले प्रहरी जवान साहलाई उपचारका लागि भारततिर पठाएका थिए । भारतमा उपचार गराउन जाँदा भारतीय प्रहरीले गोली लागेको थाहा पाएपछि सप्तरी प्रहरीलाई फोन गरेर यस विषयमा जानकारी गराएको हो ।

कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका-८ सानो रतवाराका भुवनेश्वर चौधरीको घरमा हातहतियारसहितको ७/८ जनाको समूहले लुटपाट गरेको थियो । लुटपाटमा संलग्नमध्ये सर्लाही लालबन्दी नगरपालिका-२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानलाई कात्तिक २८ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीले रौतहटबाट पक्राउ गरिएको थियो ।

त्यही खुसीमा दुई दिनपछि कात्तिक ३० गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा रात्रिभोज आयोजना भएको थियो । भोज खाएर फर्केका असई बच्चा यादव चौकीमा पुगेर रमाइलो गर्न थाले । उनी पेस्तोल खेलाउँदै उनले रमाइलो गरिरहेका बेला पेस्तोल पड्किएको हो । पेस्तोलको गोली जवान राजेशकुमार साहको एक पाखुरामा लागेको छ ।

स्रोतका अनुसार असई यादवले भने चेन्जर सफा गर्ने क्रममा पेस्तोल पड्केर पोलमा लागी फर्किएर प्रहरी जवानलाई लागेको दाबी गरेका छन् ।

605
Shares

ट्रेन्डिङ