सबैको समाचार
सोमवार, बैशाख २४, २०८१

कस्तो रहला आजको मौसम ?

825
Shares
कस्तो रहला आजको मौसम ?

काठमाडौं, मंसिर २२ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली र देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । तराईका थोरै स्थानहरूमा भने हुस्स/कुहिरो लागेको छ ।

आज दिउसो पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । यस्तै बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आगामी २४ घण्टामा देशभरको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु महाशाखाले सबैमा अनुरोध गरेको छ ।

825
Shares

ट्रेन्डिङ