सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • काभ्रेमा बालकुमारी घटनामा रास्वपाको मौन विरोध , मागे प्रधानमन्त्री र गृह मन्त्रीको राजिनामा

काभ्रेमा बालकुमारी घटनामा रास्वपाको मौन विरोध , मागे प्रधानमन्त्री र गृह मन्त्रीको राजिनामा

1535
Shares
काभ्रेमा बालकुमारी घटनामा रास्वपाको मौन विरोध , मागे प्रधानमन्त्री र गृह मन्त्रीको राजिनामा

काभ्रे | काभ्रे जिल्लाको बनेपामा आज रास्वपा काभ्रेले हिजो बालकुमारीमा भएको घटनाको विरोध गर्दै प्रधानमन्त्रि र गृह मन्त्रालयको राजीनामा मागेका प्ले कार्ड बोकेर बनेपामा शान्ति पूर्ण विरोध कार्यक्रम गर्दै मृतक आत्माको शान्तिको कामना स्वरुप मैनबती बालेर विरोध गरेको छ ।

रास्टिय स्वतन्त्र पार्टी काभ्रे जिल्लाको आयोजनामा हिजो बालकुमारीमा भएको घटना अत्यन्तै खेतपूर्ण भएकाले र अन्य उपाए हुदा हुदै गोलि ठोक्नु अत्यन्तै निन्दनीय भएको भन्दै मृतक आत्माको चिर शान्तिको कामना गर्दै बनेपाको चारदोबाटोमा मैन बती बालेर र प्ले-कार्ड देखाएर विरोघ कार्यक्रम गरिएको जिल्ला संयोजन समेत रहेका प्रदेश सदस्य प्रविण कु ढकालले जानकारी दिएका छन्।

रास्वपाका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री र गृहमन्त्रिको राजिनामा दे निकम्मा सरकार ,सरकार निशब्द छु , रोजगार खोजिरहेका युवालाई गोलि , कठै मेरो देश ,जनताको हत्या गर्न पाईदैन , कहिले कुटेर मारर्छौ कहिले कुटाएर मारछौ कहिले शक्तिमा हुदा मारछौ आखिर कहिले सम्म मारछौ मेरो देशको युवा, भ्र्स्ताचारी तस्कर र माफियालाई सदैब नमस्कार कठै मेरो देश , देश छोड्न निवेदन दिएका युवालाई सरकारले संसार छोड्न स्वकृति दियो स्तब्ध बनायो लगाएतका प्ले- कार्ड बोकेर विरोध गरेका थिए।

जिल्ला संयोजक ढकालका अनुसार आगामी दिनमा समेत रास्वपाका यस्ता विरोध कार्यक्रम जारि राख्ने जानकारी दिदै नागरिक मार्न नपाईने भन्दै यस्ता कार्यक्रम निरन्तरता दिने र रास्वपा केन्द्रले केहि दिनमै थप विरोधका कार्यक्रम तय गर्ने समेत बताएका छन्।

1535
Shares

ट्रेन्डिङ