सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • घर फर्कँदै गरेका नेपाली युवाको सुनौलीमा मृत्यु,

घर फर्कँदै गरेका नेपाली युवाको सुनौलीमा मृत्यु,

5720
Shares
घर फर्कँदै गरेका नेपाली युवाको सुनौलीमा मृत्यु,

भैरहवा : घर फर्कंदै गएका एक नेपाली युवकको बुधबार बिहान भारतको सुनौलीमा मृत्यु भएको छ । उनी भारतको मुम्बइमा रोजगारी गरी घर फर्केका थिए । उनको मृत्युको कारण खुलेको छैन ।

रुपन्देहीको सिमावर्ती इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार मृतक नवलपरासीको सुस्ता गाउँपालिकास्थित कुडिया (साविक कुडिया गाविस–८) का ३५ वर्षीया युवा हुन् ।

इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले सिमानादेखि करिब २० मिटर पर भारततर्फ बसिरहेको बेलामा बिहान ५ बजेतिर अचानक उनको मृत्यु भएको जानकारी प्राप्त भएको र यस बारेमा सम्पूर्ण अनुसन्धान भारतीय प्रहरीले जारी राखेको बताए । शव सिमानादेखि ९ किमि पर नौतनवास्थित अस्पतालमा लगिएको छ । उनीसँगै आएका नातेदारलाई पनि सोही अस्पतालमा लगिएको छ ।

मृतकको कोभिड–१९ परीक्षणका लागि भारतीय स्वास्थ्यकर्मीले स्वाब संकलन गरेका छन् । उनमा कोभिड–१९ पोजिटिभ देखिएमा उनको अन्त्येष्टि भारततर्फ नै हुने र नेगेटिभ आएमा पोस्टमार्टमपश्चात् शव नेपाल आउने छ । कोभिड–१९ को परीक्षण रिपोर्टअनुसार मृतकको परिवारलाई सम्पर्क गरिने र मृतकसँगै रहेका दुई जनाको पनि कोभिड–१९ परीक्षण गरिने छ ।

5720
Shares

ट्रेन्डिङ