सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • न्युरोड क्षेत्रमा भोलिदेखि पार्किङ गर्न नपाइने

न्युरोड क्षेत्रमा भोलिदेखि पार्किङ गर्न नपाइने

770
Shares
न्युरोड क्षेत्रमा भोलिदेखि पार्किङ गर्न नपाइने

काठमाडौं | काठमाडौं महानगरपालिकाले भोलि (माघ ९ गते मंगलबार) देखि न्युरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । यसको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङको व्यवस्था मिलाइने महानगरले जनाएको छ ।

यहाँ तीन सयवटा चारपांग्रे सवारीसाधन र सात सयवटा दुईपांग्रे सवारीसाधन पार्किङ गर्न सकिन्छ ।

तयारीबारे महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी (वरिष्ठ उपरीक्षक) राजुनाथ पाण्डे भन्छन्, ‘भोलिदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौं । यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौं ।’

उनकाअनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गरिनेछ ।

यसअघि झोंछे क्षेत्रमा सवारीसाधन पार्किङ निषेध कार्यान्वयन गरिसकिएको छ ।

770
Shares

ट्रेन्डिङ