सबैको समाचार
सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • पानीमा डुबेर १ बालकको मृत्यु

पानीमा डुबेर १ बालकको मृत्यु

535
Shares
पानीमा डुबेर १ बालकको मृत्यु

काठमाडौं | काठमाडौंको चन्द्रागिरि नगरपालिका–१०, बुद्ध मन्दिर परिसरभित्र भण्डारण गरेर राखिएको पानीमा डुबेर एक जना बालकको मृत्यु भएको छ ।

प्रहरी वृत्त, नागढुंगाका अनुसार, मन्दिरमा निर्माणाधीन भवनको भर्‍याङमुनि रहेको रिजर्भ पानीमा डुब्दा धादिङको गजुरी गाउँपालिका घर भएका १० वर्षीय सबिन तामाङ गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते अवस्थामा उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा लगिएपनि उपचारका क्रममा मृत्यु भएको थियो । यसबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ ।

535
Shares

ट्रेन्डिङ